चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ बर्षीय बालक

गुल्मीको मदाने गाउँपालिका–७, भनभने नेटाखर्क गाउँका ११ वर्षीय मनिष खड्का आर्थिक अभावका कारण चन्दा उठाएर बाबुको का,ज,कि,रि,या गरिरहेका छन् ।दुबै मि,र्गौ,ला फे,ल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा पनि रकम अभावका कारण चन्दा उठाइएको थियो । उपचार कै क्रममा फागुन १५ गते ४२ वर्षको उमेरमा रामबहादुरको मृ,,त्यु भएपछि काज कि,रि,या,का लागि समेत रकम अभाव भएको हो ।

छिमेकीले शाहघा,ट,बाटै काज कि,रि,या,का लागि चन्दा उठाउन सुरु गरे । नगद तथा अन्न संकलन गरेर काज किरियाको खर्च जुटाइएको छिमेकीहरुको भनाइ छ ।घरमा तीन महिना पनि खान नपुग्ने जमिन भएका खड्का परिवारले दैनिक निमेक मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए ।

मनिष आफैँ पनि बिरामी नै छन् । हर्नियाबाट ग्रसित उनको उपचार गर्न पनि नसकिएको परिवारको भनाइ छ । सुरुमा पिताको उपचारमै ध्यान केन्द्रित गरिएको र अहिले काज किरियामा लाग्नु परेका कारण मनिषको उपचार हुन नसकेको हो ।मनिषकी आमा निर्मला खड्काले छोराको रहरमा १० सन्तानको जन्म दिएको बताईन् । १० सन्तानमध्ये मनिषमात्र छोरा हुन् ।

खड्का परिवारको बिचल्लीको खबर सुनेर स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता बुद्धि जिसी सहयोग रकम लिएर पुगेका थिए । उनले आफ्नो तर्फबाट ३५ हजार नगद सहयोग मृ,त,क,की जेठी छोरी पवित्रालाई हस्तान्तरण गरे ।अहिले काज किरिया कसरी टार्ने भन्ने चिन्ता भएको र त्यसपछि पनि परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहने निर्मलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *