आज बाट देशभर मौसम सफा रहने, अब ह्वात्तै गर्मी बढ्ने !

काठमाडौँ – स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंहशक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन्।

आइतबार दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो। योसँगै अब वर्षा तथा हिमपात हुने सम्भावना नरहेको बताएको छ।अहिले बिहान बिहान चिसो हुने गरेको छ। वरिष्ठ मौसमविद्का अनुसार हिमपात तथा वर्षा भएकाले बिहान बिहान चिसो बढेको हो। यो क्रम भोलिसम्म जारी रहने बताएको छ।

तर अब बिस्तारै तापक्रम बढ्ने भएकाले गर्मी बढ्ने मौसमविदको अनुमान छ। ‘बिहान बिहान चिसो हुने क्रम भोलि (सोमबार)सम्म रहला,’ मौसमविद भने, ‘दिनभर घाम लाग्न थाल्यो भने तापक्रम बढेर देशभर गर्मी बढ्ने देखिन्छ।’ वर्षाले जमिन भिजेकाले घामले तताउँदा वाष्पीकरण भई गर्मी बढ्ने मौसमविद् बताउँछन्।तर फेरि बादल बन्ने र वर्षा हुने क्रम यो प्रिमनसुन अवधिमा जारी रहने मौसमविदले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *