त्यसपछि ३ वर्षकी विमला सधैका लागि टुहुरी बनिन्

गोरखा – गोरखाको शुहीद लखन गाउँपालिका वडा नम्बर १ बक्राङको पन्त गाउँ । २०७२ सालको भू’कम्पबाट समेत जोगिएका पुरानो वास्तुशैलीका केही घर अझै उभिएका छन् । यिनैमध्येको एउटा घरका धनी गुरुप्रसाद पन्त तनहुँको आँबुखैरेनीमा बसाइ सरेपछि केही महिनादेखि घर खाली थियो ।

‘उनीहरुको घरझग’डा के पर्‍यो, त्यो त हामीलाई थाहा भएन, तर माघेसङ्क्रान्तिलगत्तै श्रीमतीले छोडेर हिँडिन्, माइलो एक्लै पर्‍यो’ विभिन्न सम्पर्क सूत्रको माध्यमबाट पन्त परिवारले छाडेको त्यो घर रुँग्न आइपुगे, तनहुँको पुर्कोट घर बताउने ४० वर्षका नन्दुलाल श्रेष्ठ । घरको रेखदेख गरेसँगै नन्दुले बाँझो जग्गामा खेतीपातीको काम पनि गर्थे, जसको कुनै आयस्ता जग्गाधनी गुरुप्रसादलाई बुझाउनु पर्दैनथ्यो ।

२०७५ सालको मङ्सिरमा पन्त गाउँमा भित्रेका नन्दुलाल छोटो समयमै अरु गाउँलेसँग भिजे, गाउँलेले उनलाई ‘माइला’ भनेर चिन्न थाले । माइलासँगै उनकी श्रीमती र एउटा छोरो पनि थिए । तर त्यही वर्षको माघे सङ्क्रान्तिलगत्तै श्रीमतीले छोरोसहित नन्दुलाललाई छोडिन् । ‘उनीहरुको घरझग’डा के पर्‍यो, त्यो त हामीलाई थाहा भएन, तर माघेसङ्क्रान्तिलगत्तै श्रीमतीले छोुडेर हिँडिन्, माइलो एक्लै पर्‍यो’ छिमेकी भगवती पन्तले भन्नुभयो ।नन्दुलालले मायालाई कति माया गर्थ्याे भनेर जान्न खोज्दा छिमेकीहरुले भने, ‘श्रीमतीले का’टेको बारीको घाँससमेत घरसम्म आफै बोकेर ल्याउँथ्यो,

सात महिनासम्म एक्लै घर व्यवहार धानेका माइलाले ७६ सालको भदौमा अर्को श्रीमती ल्याए । नाम माया, माइती मकवानपुर । ‘माइती हेटौँडा, तामाङकी छोरी हो भन्थी, खिरिलो थिइ, एउटा काखे नानी पनि च्या’पेर ल्याएकी थिइ, पहिलो लोग्नेको छोरी हो भन्थी’ छिमेकी भगवतीले माइलाले नयाँ श्रीमती ल्याएको सम्झना गर्दै भन्नुभयो, ‘एक्लो थियो, नयाँ श्रीमती पायो, ठिकै भयो भन्ने लाग्यो, बिचरा, श्रीमतीलाई धेरै माया गर्थ्याे, सबै काम आफै गर्थ्याे ।’ माइला अर्थात् नन्दुलालले मायालाई कति माया गर्थ्याे भनेर जान्न खोज्दा छिमेकीहरुले भने, ‘श्रीमतीले का’टेको बारीको घाँससमेत घरसम्म आफै बोकेर ल्याउँथ्यो, मेलापातमा कहिल्यै हिँडाएन ।’

माइला भने राति अबेरसम्म पनि फर्किएनन्, खोजी सुरु भयो । छिमेकीहरुको सहयोगमा खोज्दै जाँदा पन्त गाउँ नजिकैको साउने खोलामा माइला लडि’रहेको भेटिए ।२०७२ सालको भूक’म्पपछि पन्त गाउँका धेरैले थातथलो छोडेर हिँडे । चकमन्न गाउँमा माइला र मायाको जोडी नयाँ परिवारको रुपमा आइपुगेकोमा सबैलाई रमाइलै लाग्यो ।

तर यो रमाइलो लामो समय टिक्न पाएन । २०७६ साल माघ २७ गते पन्त गाउँ पारिपट्टीको गैरीगाउँमा बिहेभोज थियो । गाउँका सबैको प्यारो बनेका माइला अर्थात् नन्दुलाल र उनकी श्रीमती मायालाई पनि निम्तो थियो । साँझ भोज खान अरु छिमेकीहरु सहित माइला र माया पनि पुगे । मगर घरधनीको बिहे भोजमा माइला एकछिन रमाउन लागे, छिमेकीहरु सहित माया घर फर्किइन् ।

माइला भने राति अबेरसम्म पनि फर्किएनन्, खोजी सुरु भयो । छिमेकीहरुको सहयोगमा खोज्दै जाँदा पन्त गाउँ नजिकैको साउने खोलामा माइला लडि’रहेको भेटिए । टाउकोको पछाडीपट्टिको भागबाट हल्का र’गत ब’गिरहेको थियो, उनी अ’र्धचेत थिए । छिमेकीहरुलाई हा’रगुहार गर्ने र गाडी जुटाउने गर्दैमा रातिको २ बज्यो, घाइ’ते माइलालाई उ’द्धार गरेको गाडी काठमाण्डौतिर बत्तियो ।भोलिपल्ट बिहान साढे १० बजेतिर काठमाण्डौको ट्रुमा सेन्टरमा माइलाको प्रा’ण गयो ।

जसै शहरमा माइलाको प्रा’ण गयो, गाउँमा माया अ’र्धचेत बनिन् । थानकोटमा मजदुरी गर्ने माया पहिलो श्रीमानबाट आजित् थिइन् । मध्यरातमा र’क्सीले मा’तिएर आउने श्रीमानको कु’टाइ खप्न नसकेर उनी सहारा खोज्दै माया काखे नानी च्या’पेर नन्दुलालको सहारामा आइपुगेकी थिइन्, तर जसलाई सहारा मानेर आएकी थिइन्, ऊ पनि सधैँका लागि बिदा भएर गयो, मायाले अन्तिम पटक मुखसम्म हेर्न पाइनन् । माघ २८ गते श्रीमानको नि’धन भएको खबरले वि’क्षिप्त बनेकी माया घरबाहिर निस्किन छोडिन् । छरछिमेकले सम्झाइ बुझाइ गरे, सामान्य दिनचर्यामा फर्काउने प्रयास गरिरहे ।

२०७६ को फागुन १८ गते बिहानतिर छिमेकीहरुले मायाको बच्चा खेर गएको थाहा पाए । ‘भदौमा माइलासँग आएकी हो, त्यस्तै दुई तीन महिनाको बच्चा हुँदो हो, खेर गएछ’ छिमेकी भगवतीले भन्नुभयो, ‘रग’त बगे’को ब’ग्यै रहेछ, हामीले एम्बुलेन्स खोजेर गोरखा अस्पताल पठायौँ ।माइलाको प्रेमको निशा’नीको रुपमा रहेको तीन महिनाको शिशु खेर गएको २४ घण्टा नबित्दै मायाको पनि प्रा’ण गयो । ‘

फागुन १८ गते दिउँसो ३ बजेतिर गोरखा अस्पताल आइपुग्दा मायाको अवस्था निकै जटिल थियो । ‘शरीरमा र’गतको मात्रा एकदमै कम थियो, हे’मोग्लोबिनको सूचक ३ को बिन्दुमा थियो, जुन निकै क्रिटि’कल मानिन्छ’ अस्पतालका मेडिकल अधिकृत डाक्टर विनोद दुवाडीले भन्नुभयो, ‘यस्तो अवस्थामा रिफर गर्दा बाटोमै जटिल अवस्था आउन सक्ने भएकाले हामीले सकेको उपचार थाल्यौँ ।’

डाक्टर दुवाडीले मायालाई आवश्यक पर्ने ‘बी’ पोजेटिभ रगुुतको खोजी सुरु गर्नुभयो, दुई जना दाता तत्काल अस्पताल आएर र’गतदान गर्नुभयो, अरु धेरै जना तयारी अवस्थामा थिए । ‘कम्तीमा ५ पिन्ट जति रग’त चाहिन सक्थ्यो, हामी रगत दिँदै अरु उपचार गर्दै थियौँ तर राति साढे १२ बजेतिर उहाँको निध’न भयो ।’ माइलाको प्रेमको निशा’नीको रुपमा रहेको तीन महिनाको शिशु खेर गएको २४ घण्टा नबित्दै मायाको पनि प्रा’ण गयो । ‘

‘मेरो आमा खै ?’ छिमेकीहरु जवाफ दिन्छन्, ‘तिम्रो आमा देउताको घरमा जानुभएको छ, एक दुई दिनमा आउनुहुन्छ ।’छरछिमेक रोहबर बसेर अस्पतालबाट श’व उठाए, लुदी खोला र दरौँदी खोलाको दोभानमा अन्तिम संस्कार गरे । अन्तिम संस्कारमा आफन्त कोही जुट्न सकेनन्, अहिलेसम्म पनि कुनै आफन्तले खोजखबर गरेका छैनन् ।

र तीन वर्षकी विमला जो मायाको पहिलो श्रीमानतर्फकी छोरी हुन्, उनका अबो’ध बालसुलभ प्रश्नको जवाफ छिमेकीहरुसँग छैन । आमालाई एम्बुलेन्समा राखेर लगेको देखेकी विमला छिमेकीहरुलाई सोध्छिन्, ‘मेरो आमा खै ?’ छिमेकीहरु जवाफ दिन्छन्, ‘तिम्रो आमा देउताको घरमा जानुभएको छ, एक दुई दिनमा आउनुहुन्छ ।’ एक दुई दिनमा आमा आउँछिन् भनेर बालिकालाई ढाँटनु पर्दा छिमेकीको मन कुँ’डिन्छ, कति दिन यसरी अलमल्याउने हो, उनीहरुलाई नै थाहा छैन ।

मायाको संस्कार गरेकै साँझ तीन वर्षकी विमलाले सबैलाई रु’वाइन् । ‘मायाले पालेका दुई वटा बाख्रा किलैमा क’राइरहेका थिए, कोही नभएको घरमा किन बाँधी राख्नु भनेर मेरो गोठतिर ल्याउन लागेको थिएँ, हाम्रो बाख्रा किन लगेको भनेर डोरीमै तान्नँ आइ’ छिमेकी रुक्मणि कडुवालले भा’वुक हुँदै भन्नुभयो, ‘त्यो अबला उसको बाख्राको मायाले रोइ होला, हामी चाहिँ त्यसको मायाले रोयौँ ।’

विमला अहिले छिमेकी बाबुराम पन्तको रेखदेखमा छिन् । त्यसो त छिमेकका सबैले उनलाई उत्तिकै माया गर्छन् । ‘हाम्रो गाउँमा चार घर छ, ऊ हामी सबैका लागि उत्तिकै हो’ रुक्मिणी भन्नुहुन्छ, ‘जसको घरमा पहिले खानेकुरा पाक्छ, उसैकोमा खान्छे । सबैलाई आफ्नै ठानेर व्यवहार गर्छे ।’ तीन वर्ष पूरा भएकी विमलाको अब विद्यालय जाने बेला भएको छ । पन्त गाउँबाट सबैभन्दा नजिकको महेन्द्रशक्ति माध्यमिक विद्यालय पुग्न झण्डै एक घण्टा लाग्छ, गाउँबाट त्यो स्कुल जाने कोही पनि छैनन् ।

गाउँलेलाई विमलाको पढाइको चिन्ता छ । ‘उसलाई हामीसँगै राख्न चाहन्छौँ, अहिलेको जमानामा पढाउनै पर्‍यो तर यहाँ स्कुल टाढा छ’ विमलाको संरक्षण गरिरहेका बाबुराम पन्त भन्नुहुन्छ, ‘बच्चीको लालनपालन गर्ने विश्वासिलो कोही भएमा राम्रै हुन्थ्यो ।’

बीचमै छिमेकी रुक्मणि कडुवालले थप्नुभयो, ‘साथीहरुले तिम्रो घर कहाँ भनेर सोध्दा विमला बक्राङ पन्त गाउँ भन्न पाउँछिन्, दशैँ तिहार जस्ता पर्व उत्सवमा सबै साथीहरु आ–आफ्नो घर जाँदा उसले पनि मेरो घर यहीँ हो भनेर आउन सक्छिन्, हामी जाँदा भेट्न पाउनुपर्‍यो ।’ गाउँलेहरु यही शैक्षिक सत्रबाट विमलाको पढाइ सुरु गराउन चाहन्छन् ।उज्यालो अालाइन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *