कार्यालय सहयोगी भट्ट सहित अन्य एक जना मृत अवस्थामा भेटिए

काठमाडौ । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिनुभयो ।

यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र मृतक दुवैको ला श प रीक्ष णका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यो पनि स्वास्थ्यलाई ध्यानमा राखेर जोगिने उपाय सोच्न महिलालाई मुख्यमन्त्रीको आग्रह

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले ‘समानताको पुस्ताः अन्त्य गरौँ हिं सा, वि भेद र असमानता’ भन्ने नाराका साथ मनाउन लागिएको ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको हो ।

सन्देशमा महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको स्मरण गरिएको छ ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सबै प्रकारका शो षण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प

रहेको र यसका लागि संवैधानिक र कानूनीरूपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वयन गर्दै थप अगाडि बढ्नु आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।उहाँले वर्तमान परिवेशमा देखिएको नोबल कोरोना भाइरसको सङ्क्रमणले विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेकाले कार्यक्रम गर्दा स्वास्थ्यलाई प्राथमिकतमा राखेर त्यसबाट जोगिने उपायका सम्बन्धमा सचेत हुनसमेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *