रिहान न्यौपानेकी आमा जसका लागि ध,मि,लो छ यो सारा संसार

काठमाडौँ– ‘आमा’ छोराछोरीको खुशीमा खुशी हुने महिला। छोराछोरीको दुःखलाई पनि खुशीमै परिणत गर्न हरबखत प्रयास गरिरहने महिला। आमाको छोराछोरीप्रति एउटै चाहना हुन्छ, उनीहरु सधैँ खुशी रहून्।आफ्नो बच्चामाथि आइपर्ने हरेक चिजको सामना गर्न तयार हुन्छिन्, ‘आमा’। संसारकै सबै भन्दा प्रिय शब्द हो, ‘आमा’। यसले आफ्ना सन्तानलाई निःस्वा,र्थ माया खन्याइरहेकी हुन्छिन्। सन्तानको खुशीका निम्ति आफू जिन्दगीभर रुन तयार हुन्छिन्, तर आफ्ना सन्तानलाई कहिल्यै पनि दुःख,को अनुभूति हुन दिँदिनन्। सन्तानलाई हँसाइरहन्छिन्। सुखी बनाइरहन्छिन्।

भनिन्छ, आमाको प्रार्थनाले सन्तानको जिन्दगी बदल्छ। एकता घिमिरे पनि आफ्नो छोरा रिहान न्यौपानेका लागि हरेक दिन प्रार्थना गरिरहेकी छन्। मठमन्दिर धाइसकेकी छन्। देवीदेवतालाई पूजिसकेकी छन्।प्रत्येक दिन छोराकै लागि प्रार्थना गर्छिन्। शायद छोराका लागि उनले गरेको प्रार्थना अहिलेसम्म भगवान कहाँ पुग्न सकेको छैन वा उनले छोराका

लागि प्रार्थना गरिरहँदा उनको र भागवान बीचमा ‘कनेक्सन’ टु,ट्छ जसका कारण उनको प्रार्थना सुन्न भगवान असमर्थ भइरहेका छन्।तर पनि एकताले हिम्मत हारेकी छैनन्। उनी छोराको सु–स्वास्थ्यका लागि कामना गरिहेकी छन्। भगवानप्रतिको उनको आस्था अझै डग्मगाएको छैन। आफूले सक्ने हरप्रयास उनी गरिहेकी छन्। आफ्नो तर्फबाट कुनै कसर छोडेकी छैनन्, एकताले।शायद कुनै पनि आमालाई

आफ्नो बच्चाको भाग्य लेख्ने अधिकार हुँदो हो त संसारका कुनै पनि ‘आमा’का सन्तानले दुःख, क,ष्ट भोग्ने थिएनन्।अरु आमाहरु जस्तै एकताले पनि आफ्नो छोरा रिहानको भाग्य लेख्ने अधिकार पाइनन्। शायद उनीमा छोराको भाग्य लेख्न सक्ने अधिकार हुँदो हो त उनी छोराको भाग्य ‘लिष्ट’मा सबै भन्दा पहिला ‘स्वास्थ्य दि,र्घा,यू’ हुन्थ्यो होला। त्यसपछि क्रमैसँग अन्य कुराहरु लेखिन्थे होला।

यदि एकताले यो अधिकार प्राप्त गरेको भए रिहानको भाग्यमा दुःख नामको नामोनिसान हुने थिएन। उनी सामान्य बच्चाजस्तै हुर्किरहेका हुन्थे। तर अफसोच, उनी जन्मेको केही घण्टा पश्चात आजका दिनसम्म पनि ‘कष्टकर’ जीवन बिताइरहेका छन्। १९ महिनाका रिहान बामे सर्दै घरका कोठाकोठा चहारिरहेका हुन्थे होलान्। चुलबुले बानीले आमालाई सताइरहेका हुन्थे होला ।

भर्‍याङका खुड्किलामा आफ्ना ती साना पाइताला चालिरहेका हुन्थे होलान्। तर यस्ता कुराको ठ्याक्कै बिपरीत छन् रिहान। सामान्य बच्चाभन्दा बिल्कुलै फरक जीवन बिताइरहेका छन् उनले। उनी अन्य बच्चा जसरी चकचक गर्न जान्दैनन्। चिच्याएर रुन जान्दैनन्। खान जान्दैनन्। बोल्न जान्दैनन्। भोक लाग्यो भन्न जान्दैनन्। आमालाई स,ता,उ,न जान्दैनन्। साँझ पख कामबाट फर्केका बुवाको काखमा लु,ट्पु,टा,उन जान्दैनन्।

जान्दछन् त केबल बेडको एक छेउमा उत्तानो परेर सुत्न। सुत्न बाहेक उनीलाई दुधानीबाट दुध घुट्काउन आउँछ। बस यी दुई कुरा बाहेक रिहान अरु केही जान्दैनन्। बेडको एक कुनामा ब्ल्याङ्केटमा ‘गुटुमुटु’ परेर सुतिरहेका रिहान ठूला आँखाले कतै हेरिरहेका थिए। उनलाई भेट्न पुग्ने जो कोहीलाई पनि यही लाग्छ, ‘रिहानले मलाई हेरिरहेका छन्।’

तर उनी कहाँ हेरिरहेका हुन्छन्, त्यो उनी बाहेक अरु कसैले थाहा पाउँदैनन्। यता उता हेर्ने थाहा पाउँदो हुन् त उनले हरेक कुराको ‘रेस्पोन्स’ पनि गर्थे होला भन्ने एकतालाई लाग्छ। रिहानलाई भेट्न पुग्ने जो कोहीलाई मात्र होइन, कहिलेकाहीँ एकतालाई पनि त्यस्तै लाग्छ,‘छोराले मलाई हेरिरहेको छ।’ तर रिहान आमातिर नजर डुलाउँदैनन्।

उनी आमालाई नहेरे पनि शायद आमाको मायाको अनभूति गर्ने गर्छन्। किनकि रिहान आमासँग नबोले पनि एकता उनलाई एकोहोरो बोलाइरहन्छिन्। खेलाइरहन्छिन्। कुरा गरिरहन्छिन्। पटक–पटक खाना खुवाइरहन्छिन्।झ्यालबाट छिरेको घामको किरणले निस्लठ्ठ सुतिरहेका रिहानको शरीरलाई न्यानो बनाइरहेको थियो। उनी बिस्तारै खुट्टा चलाइरहेका थिए भान्सा कोठाबाट भित्र छिरेकी एकताले बेडको छेउमै राखिएको तौ,लि,या तानिन् र चि,सा हात पुछिन्। केही बिर्सेजसरी फेरि उनी भान्सा कोठामै फर्किइन्।

ढोकाबाट भित्र छिर्न नपाउँदै उनी एक स्वरमा कराइन्, ‘बाबु… बाबु।’ उनले बाबु भनेर बोलाइरहँदा सुतिरहेका रिहानले हल्चल गरेनन्। अब एकताले रिहानलाई मज्जाले चिनिसकेकी छन्। बुझिसकेकी छन्।त्यसैले त उनी हरपल रिहानसँग एकतर्फी कुरा गरिरहन्छिन्। एकता रिहानको छेउमा आइन् र थचक्क बसिन्। सुतिरहेका रिहानलाई ओर्काईफर्काई गरिन्। अनि तोते आवाज निकाल्दै भनिन्, ‘मेरो भुन्टुलाई भोक लाग्यो हो? अब हामी बुबु खाने है।’रिहानलाई दूध खुवाउनु भन्दा पहिला उनी उनको सरसफाइमा लाग्छिन्। बेडको छेउमै राखिएको डाइपरको पोको आफूतिर तान्छिन् र रिहानको डाइपर फेरिदिन्छिन्।

उनी एकछिन पनि आनन्दसँग बस्दिनन्। बिहान उठेदेखि राति अबेरसम्म छोराको रेखदेखमा खटिरहन्छिन्। रिहान भोक लाग्यो भन्दै रुँदैनन् तर एकताले छोरालाई भोक लागेको आफैँ थाहा पाउँछिन्। एक वर्ष अगाडि रिहानले चम्चाले खाने कुराहरु खान थालिसकेका थिए। भोकाएका रिहानका लागि एकताले सेर्लेक्स तयार पार्दै भनिन्, ‘उसले एक वर्ष अगाडि सबै खान्थ्यो। चम्चाले खान सिकिसकेको थियो। दालको झोल,

स्याउ, गाँजर उसिनेर खुवाउँथेँ तर अहिले त्यस्तो केही खाना सक्दैन।’ उनी बोल्दा बोल्दै सुतिरहेका रिहानलाई जुरुक्क उठाउँछिन् र काखमा राखेर दुधानीबाट सेर्लेक्स खुवाउन थाल्छिन्। रिहान सेर्लेक्स ‘घुटुक–घटुक’ घुट्काइरहेका थिए। एकता उनको तालुको कपाल बिस्तारै चलाइरहेकी थिइन्।आमाले कपाल चलाइदिरहँदा शायद रिहानले आनन्द मानिरहेका थिए। ‘सन्तान जस्तो सुकै किन नहोस्, ऊप्रति आमाको माया कहिल्यै कम हुँदैन’, यही भनाइलाई सत्य सबित गरेकी छन्, एकताले। रिहानप्रति एकताले निःस्वार्थ माया लुटाइरहेकी छन्।

रिहानले सेर्लेक्स खाई सक्नेबित्तिकै एकताले उनलाई ठाडो बनाइन् र रिहानको ढाडमा बिस्तारै ‘ढप–ढप’ हानिन्। अनि उनलाई आफ्नो छातीमा च्यापेर बसिन्। एकता दिनभर नै रिहानलाई घरि काखमा राख्छिन्, घरि छातिमा च्याप्छिन्, घरि गालामा त घरि ओठमा चुम्बन गर्छिन्, घरि रिहानलाई सुताउँछिन् र आफू पनि उनीसँगै सुत्छिन्।

रिहानभित्रै एकताले आफ्नो खुशी खोजिरहेकी छन्। त्यसैले त उनले आफ्नो जागिर, आफन्त सबथोक छोराकै लागि त्यागेकी छन्। एकताले अझै रत्तिभर पनि हा,र ,मा,ने,की छैनन्। एकताले रिहानको अवस्थालाई सकारेकी छन्। यसका कारण उनी आफ्नो सपनालाई एकातिर थ,न्का,ए,र छोराभित्र आफ्नो खुशी खोजिरहेकी छन्।

पछिल्ला केही दिनहरुमा एकताले छोरामा केही सुधार भए अनुभव गरेकी छन्। जुन समय रिहानले बिस्तारै खु,ट्टा चलाए जस्तो गरिरहेका थिए। उनले भनिन्,‘केही दिन भयो खु,,ट्टा चलाउन थालेको जस्तो लाग्छ। उसको टा,उ,को बाहेक सबै ठिक छ, नर्मल बेबीको जस्तै।’यति भन्दै उनले रिहानको हातका बाहुला मिलाइन्। अनि उनलाई एकटक हेरिरहिन्,‘माया’ले।सबै तस्बिर: बर्षा शाह/देश सञ्चार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *