प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा यस्तो आयो अस्पतालको विज्ञप्ती

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले विज्ञप्ति जारी गरेको छ । आइतवार जारी विज्ञप्तीमा ओलीलाई निमित सन्तुलित आहार दिन थालिएको उल्लेख छ । साथै प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा हिडडुल समेत गराउन थालिएको छ ।


मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले जानकारी दिएका हुन् ।

सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि उल्लेख्य सुधार आएको सूचनामा उल्लेख गरिएको छ । अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन् । प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन् । पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोडेपछि गत बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीको १२ वर्ष अघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *