कतारमा ३ आप्रवासी कामदार कोरोनाबाट संक्र’मित

होम कार्की कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भा’इरस संक्र’मण भएको कतार सरकारले आइतबार पुष्टि गरेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ ।ती कामदारसँग बस्‍ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ। संक्र’मित आप्रवासी कामदार कुन देशका हुन् भन्‍नेबारे खुलाएको छैन।

कतारले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो। जसमध्ये इरानबाट विशेष विमानमा चार्टर गरेर ल्याइएको १२ जना कतारी नागरिकलाई मात्रै कोरोनाको भाइ’रस देखिएको जनाएको थियो। उनीहरु कतारमा रहेका अन्य व्यक्तिसँग सर्म्पक नभएको कतारले जनाएको छ।

कतारले इरानबाट ल्याइएको बिरामीमा मात्रै कोरोनाको संक्र’मण देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नभएको भन्दै ढुक्कसाथ आफ्नो काम गर्न आग्रह गरेको छ। सार्वजनिक स्वास्थ्य निर्देशक डा. शेख मोहम्मद विन हमाद अलथानीले जनतालाई कोरोना भाइर’सबाट बचाउनका लागि हामीले उच्चस्तरीय प्रविधि जडित प्रणालीबाट प्रभावकारी निगरानी गरिरहेका बताए।

उनले कोरोना भा’इरस संक्र’मण देशबाट कतार भित्रिने यात्रुलाई हमाद विमानस्थलमा उच्च प्रविधिबाट जाँच हुने गरेको बताए। हमाद विमानस्थल बाहिर देशबाट कतार आउने एकमात्रै प्रवेश विन्दु हो। कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *