आज होलीको दिन र भोली, पर्सीसम्म यस्तो छ देशभरीको मौसम

काठमाडौ । आज देशभरको मौसम सामान्यतयाः सफा रहेने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान पनि देशभरको मौसममा ठूलो बदली भएको छैन। दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली हुने भएपनि बाँकी भूभागको मौसम सफा नै रहने महाशाखाले जानकारी दिएको छ। आज राति पनि मौसम सफा रहनेछ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/२६ देखि २०७६/११/२८) जारी समय : बिहान ६:०० बजे / नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-२६ बिहान ६:०० बजे)मौसम विश्लेषण) Meteorological Analysis):- हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन ।मौसमको अवस्था )Present Weather Status): हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २६ गते (सोमबार) दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

फागुन २७ गते (मंगलबार) दिउँसोः देशभर आँशिक बदली रहनेछ। अ,प,रा,न्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

फागुन २८ गते (बुधबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन चट्याङ सहित वर्षाको संभावाना छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *