एक महिला र पुरुषको यसरि भयो दुखद नि,ध,न !

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक पुरुष जना मृ’तावस्थामा फेला परेका छन् । आइतबार साँझ फेला परेका मृ’तकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो त्यस्तै जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृ’तावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस का’ट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृ’तावस्थामा भेटिएको जानकारी दिनुभयो । मृ’तकको श’व परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र सो घटनामा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै गैँडाको आ’क्र’मणबाट मा,डी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आ’क्र’मण गरेको प्रहरीले जनाएको छ । गैँडाको आ’क्रमणबाट ग’म्भीर घा,इ,ते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस : आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग

बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उहाँकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गर्नुभएको हो ।

रु तीन लाख ११ हजार १०० को लागतमा झण्डै ५० मिटरको स्लेट ढुङ्गाले बिछ्याइएको रेलिङसहितको आकर्षक पक्की पदमार्ग बनाइदिएको शान्ति श्रीषले जानकारी दिनुभयो । “आमाको चौरासी वसन्त पूरा भएको अवसरमा स्मरणयोग्य काम गर्न खोजेका थिए”, श्रीषले भन्नुभयो, “आफ्नै गाउँमा बन्न थालेको सङ्ग्रहालयमा पदमार्ग आवश्यक देखेर निर्माण गरिदिएको हुँ ।” गलकोटको टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा पुग्ने पर्यटकलाई लक्षित गरी व्यक्तिगतरुपमा प्राप्त सहयोगले पर्यटकीय पदमार्ग निर्माण गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

टेउवामा निर्माणाधीन खुला सङ्ग्रहालय निर्माण गर्नका लागि यहाँका स्थानीयले विभिन्न सहयोग प्रदान गर्ने क्रममा शान्ति श्रीषले आकर्षक पदमार्ग निर्माण गरिदिनुभएको थापाको भनाइ रहेको छ । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घुम्टेको काखमा रहेको टेउवामा खुला सङ्ग्रहालयका लागि विभिन्न संरचना निर्माण भएपछि अहिले स्थानीय तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुन थालेको छ ।

यही फागुन ५ गतेदेखि २१ गतेसम्म टेउवामा १० विदेशी र पाँच नेपाली गरी १५ मूर्तिकारले प्रकृति, भावना, संस्कार र संस्कृति समेटिएका १५ मूर्ति निर्माणसमेत गरिसकेका छन् । निर्माण भएका मूर्ति खुला सङ्ग्रहालयमा स्थापना गरिसकेपछि पर्यटकको आगमनमा वृद्धि हुने खुला सङ्ग्रहालय निर्माण गरिरहेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

यस स्थानमा पुग्नका लागि सहजरुपमा सडक, पैदलमार्र्ग, होटल तथा रेष्टुरेन्टको सुविधा भएमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवाला बताउँछन् । स्थानीयले निःशुल्करुपमा प्रदान गरेको २३ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधीन खुला सङ्ग्रहालयमा अहिले पूर्वाधार निर्माण भइरहेका छन् । यस क्षेत्रमा शौचालय, स्नान घर, पदमार्ग, खानेपानी र तारबारलगायतका संरचना निर्माण भएका छन् । आगामी असारसम्म मूर्तिकला कार्याशालाबाट निर्माण गरिएका मूर्तिलाई खुला सङ्ग्रहालयमा स्थापना गरिने प्रतिष्ठानले जनाएको छ ।

विसं २०७३ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म सङ्घ, प्रदेश तथा गलकोट नगरपालिकाको सहयोगमा रु एक करोड ५० लाख बराबरको संरचना निर्माण गरिसकेको छ । खुला सङ्ग्रहालयलाई पूर्ण रुप दिनका लागि रु १२ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । डिपिआरको योजनाअनुसार टेउवामा खुला सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र, अन्तरराष्ट्रिय सेमिनार हल, शीतल बाटिकालगायतका संरचना निर्माण हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *