नेपालमा एउटा अनौठो गाउँ: जहाँ कुखुरा, बंगुर तथा म;दि,रा नि,षे,ध

म्याग्दी । कुरा सुन्दै अचम्म लाग्न सक्छ जहाँ कु,खु,रा, बंगुर र म’दि,’रा चल्दैन भन्दा। हिमाली जिल्ला म्याग्दीमा एउटा यस्तो गाउँ पनि छ, जहाँ कु,खुरा, सुं,गुर तथा बं,गु,रपालन र अवैध घरेलु म’दि’रा उत्पादन नै हुँदैन भन्दा प,त्या,र नलाग्न सक्छ। स्थानीयबासीले आफ्नो घरमा कुखुरा, सुंगुर र बंगुरपालन गर्दैनन्, म’दि’रा बनाउँदैनन् भन्नु कतै झुट त होइन ? तर, यो वास्तविक र यथार्थ हो। प्रताप बानियाँले नेपाल समाचार पत्रमा अनलाईनमा यो समाचार लेखेका छन् ।

२१औं शताब्दीको युग पशुपक्षीपालनबाट मानिसले मनग्य आम्दानी गर्दै आइरहेका छन्। कतिपयले व्यावसायिकरूपमै फर्म दर्ता गरेर कुखुरापालन र बंगुरपालन गरिरहेका छन्। यस्तै म’दि’रा उत्पादन र बिक्री–वितरणबाट पनि राम्रै कमाइ हुने गरेको छ। अझै गाउँ–गाउँमा त झन् अवैध घरेलु म’दि’रा दिनानुदिन उत्पादन हुनुका साथै छ्यापछ्याप्ती बिक्री–वितरण हुने गर्दछ।

घरेलु म’दि’रा स्थानीयको जीविकोपार्जनको एउटा गतिलो माध्यमसमेत बनेको छ। तर, यस्तो अवस्थामा पनि म्याग्दीको एउटा गाउँमा भने व्यवसाय त परै जाओस्, घरायसी कुखुरा, सुंगुरपालन, बंगुरपालन र घरेलु म’दि’रा उत्पादन नै हुँदैन। उत्पादन नै नभएपछि बिक्री–वितरण हुने त झन् कुरै भएन। यस्तो भन्दा पत्यार नलाग्ला तर, यो वास्तविक अवस्था हो। व्यावसायिक तथा घरायसी कुखुरापालन, बंगुरपालन र म’दि’रा उत्पादन नहुने गाउँ म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै पर्दछ। त्यो पनि बेनी नगरपालिकाभित्रै छ, बेनीको शिरैमा।

त्यो गाउँ हो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँ। बेनी नगरपालिका–५, पुलाचौरस्थित रहेको गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने अवैधरूपमा घरेलु म’दि’रासमेत उत्पादन गरिँदैन। नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीप बम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र म’दि’रा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन्। गाजने गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन।

बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन। यदि कसैले यस्ता ग,ल,त कार्यहरू गरेको पाइएमा जगन्नाथ मन्दिर परिसरमा सर्प निस्किएर दृश्य देखाउने गरेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो।

राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन्। बीचको समयमा केही स्थानीयबासीले कुखुरापालन र म’दि’रा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए। गाउँको बीच भाग हलहलेचौरमा प्रसिद्ध जगन्नाथ मन्दिर रहेको छ। भगवान् जगन्नाथको मूर्ति स्थापना गरी मन्दिर बनाइएको गाउँ गाजनेको गाउँभरि कसैले पनि कुखुरापालन, बंगुरपालन र म’दि’रा उत्पादन

गर्दैनन्।जगन्नाथ भगवान्ले यी उत्पादनलाई राम्रो नमान्ने भएकाले यसको उत्पादन र बिक्री–वितरण नभएको हो। विशेष गरी भगवान् जगन्नाथकै कारणले गर्दा गाजने गाउँका घर–घरमा व्यावसायिकरूपमा लोकल जातको कुखुरा, व्यावसायिक कुखुरा र बंगुरपालन तथा अन्नपातको सहयोगमा उत्पादन गरिने घरेलु म’दि’रा बन्दैनन्।

तत्कालीन राजा दिलीप बमले जगन्नाथ मन्दिरको स्थापना गरेसँगै गाजने गाउँमा कुखुरा तथा बंगुरपालन र म’दि’रा उत्पादन गर्न नहुने किंवदन्ती रहेको जगन्नाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्मा बताउनुहुन्छ। राजाले बसालेको पुरानो नियम भएकाले यसलाई गाउँका सबैले मा,न्दै आएको र परिवर्तन नगरिएको उहाँले जानकारी दिनुभयो। तत्कालीन समयमा स्थानीयले नभई राजाले नै यस्तो नियम बनाएर लागू गरेको उहाँले भनाइ छ। कसैले अटेर गरेर कुखुरा पाल्ने र म’दि’रा उत्पादन गर्दा त्यस्तो कार्य गर्नेलाई राम्रो नभएको स्थानीयबासी बताउँछन्। हाल गाजने गाउँमा जम्मा २१ घरधुरीको मात्रै बसोबास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *