पूर्वयुवराज पारस शाहलाई फेरी लाग्यो यस्तो जटिल रोग

काठमाडौं, २६ फागुन । पूर्वयुवराज पारस शाहलाई दुई पटक हृदयघात भइसकेको छ । उनलाई एक पटक विदेशमै रहँदा हृदयघात भएको थियो भने एक पटक नेपालमै रहँदा हृदयघात भएको हो । उनलाई अहिले फेरी अर्को जटिल प्रकारको रोग पार्किन्सन्स भएको चर्चा चलेको छ । जटिल किसिमका हृदयघातको सामना गरेका पूर्वयुवराज पारसलाई पार्किन्सन्स भएको बताइएको छ ।

यद्यपि यसबारे पूर्वयुवराज पारस तथा पूर्वराजपरिवारले भने औपचारिक रुपमा कुनै प्रतिकृया जनाएका छैनन् । केही समय यता पूर्वयुवराज पारस एक्लै वस्दै आएका छन् । उनी परिवारका साथमा छैनन् । पूर्वयुवराज पारसले आफै पनि यसवारे केही बताएका छैनन् । तर, पारसनिकट स्रोतकाअनुसार उनलाई पार्किन्सन्स भएको हो ।

पार्किन्सन्स उपचार उनले कहाँ गराएका छन् भन्ने वारे पनि केही खुलेको छैन । उनले औषधी पनि कहाँवाट र कस्तो सेवन गरेका छन् भन्ने पनि खुलेको हो । तर, केही समययता पूर्वयुवराज पारस पार्किन्सन्सबाट पीडित भएको बताइएको हो । पारिवारवाट बाहिर बस्दै आएका उनी केही समय यता युट्युबर सोनिका रोकासँग सम्बन्धका कारण अनावश्यक चर्चामा आएका छन् ।

हालै गोदावरीको जंगलमा साधुहरुसँग बसेको तस्बिर पनि सार्वजनिक भएको थियो । स्वतन्त्र रुपमा हिँड्न चाहने पूर्वयुवराज पारसलाई थाइल्याण्डमा रहँदा र पछि स्वदेश आएपछि ग म्भीर प्रकृतिको हृद यघात भएको थियो । अहिले उनी आफु स्वतन्त्र रुपमा बस्न चाहेको भन्दै मुलुकका विभिन्न स्थानमा घुम्ने गरेका छ् । जहाँ जाँदा पनि सोनिकाका साथमा देखिने गरेका कारण उनीहरुको सम्बन्धका बारेमा अनावश्यक चर्चा हुने गरेको छ । यद्धपी उनीहरुले आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *