नेपालवाट गएका पर्यटकलाई जापानले भन्यो ‘आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बस’

काठमाडौं, २६ फागुन । नेपालबाट जापान पुग्ने पर्यटकलाई जापान सरकारले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । नेपालको ट्रान्जिट हुँदै जापान पुगेका सबै विदेशी नागरिकले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । जापान सरकारले कोरोना सं क्र म णको जो खिम कम गर्न यस्तो नियम लागू गरेको हो ।

टोकियो – नेपालबाट ट्रान्जिट हुदैँ जापान पुगेका यात्रुले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्दा निकै खर्च हुने भएको छ । जापानको यस्तो निर्णयवाट विदेश जाने पर्यटकको खर्च पनि बढेको छ । जापान सरकारले कोरोना भाइरसको म हामा री फैलिए पछि त्यसको सं क्रम ण हुन नदिन भन्दै यस्तो नियम लागू गरेको जनाएको छ ।

जापानले चीन, दक्षिण कोरिया, हङकङ, मकाउलगायतका देशबाट जापान प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने निणर्य गरेको हो । सोमबार बिहान १२ बजेपछि यि देशमा ट्रान्जिट हुँदै आउने नेपालीले पनि अनिवार्य रुपमा जापानले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नेपालबाट जापानको लागि नेपाल वायु सेवा निगमले मात्रै सिधा उडान भर्दै आएको छ ।जापान सरकारले यो नियममार्च महिनाको अन्त्यसम्म लागु हुने जनाएको छ । तर, कोरोना भाइरसको सं क्र म ण नि यन्त्र णमा नआएमा यो नियम अझै लम्बिने अनुमान छ।

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औ ष धि मौज्दात औ ष धि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औ ष धि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औ ष धि अभाव नरहेको जानकारी दिए । नेपाल औ ष धि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औ ष धि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताए ।

उनले केही औ ष धि भन्सारमा रोकिए पनि ड र मान्नुपर्ने अवस्था नरहेको जानकारी दिए । उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरस वि रु द्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले बजारमा खाद्य सामग्री तथा औ षधि को अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ सङ्घले सबै सरोेकारवाला निकायसँग सहकार्य गरेको उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरस वि रु द्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको हुँदा यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गरे ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले व्यवसायीलाई स ङ्क टको बेला उपभोक्ता भएर हेर्न आग्रह गरे । औ ष धि व्यवसायी कृष्ण पाण्डे, औ ष धि व्यवसायी सङ्घ अध्यक्ष विक्रम पन्त, औ ष धि व्यवसायीका केन्द्रीय सदस्य टङ्क अधिकारी, उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य रामबहादुर केसीलगायतले कोरोना वि रु द्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालासँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *