चितवनमा फेरी यस्तो: ७० तोला सुन र ७ लाख पैसा यसरी चोरियो, सिसिटीभी भिडियोमा सबै देखियो (भिडियो हेर्नुस्)

चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित गहना पसलबाट गएराति ७० तोला सुन र ७ लाख नगद चोरी भएको छ । गैडाकोटको कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट चोरी भएको पसलका संचालक उमेश गहतराजले बताए । आइतबार बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको थियो ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभी र बजारको सिसीटिभी फुटेजको निगरानीबाट गरिरहेको थापाले जानकारी दिए ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको हो । मोनिका सुनचाँदी पसलमा ठुलोमात्रामा चोरी भएको हो भने आज ९ दिन पछी नारायणी नदि किनारमा लकर को बक्सा गाडेर राखेको अवस्थामा फेला परेको छ। तर अहिले पत्ता लगाएको सेट पनि स्थानीय प्रशासनले पत्ता लगाएको बताएका छन।

त्यस्तै यस घटना लाइ बिज्ञ सहित कुकुर लेराएर छानबिन गर्न पर्ने भन्दै पिडित पक्षले अडान गरेका छन। त्यस्तै सिसिटिभीमा पनि सबै प्रस्ट देखिएको छ। फाल्गुन १८ गते विहान करिब २ बजेतिर उमेश गहतराजले सञ्चालन गर्दै आएको पसलबाट सुनचाँदी चोरी भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ। भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *