होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृ,त फेला

डडेल्धुरा– होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृ,,त अवस्थामा फेला परेका छन् ।नेपाली कांग्रेसको भा,तृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृ,त अवस्थामा फेला परेका हुन् ।

भण्डारी सोमबार दिउँसो होली खेलेर आफ्नै घरको बाथरुममा नुहाउनका लागि छिरेका थिए । ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृ,,त्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।यद्यपि घ,ट,ना,को विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

यो पनि कोरोनाको जोखिम फैलिन नदिन ललितपुर महानगरले थाल्यो माक्स उत्पादन

ललितपुर– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरु अपनाइएका छन् नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्स लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।

यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्न शुरु गरेको हो । महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार माक्स उत्पादन थालिएको महानगरले जनाएको छ। मौसमी रुघाखोकी लागेका व्यक्तिले मास्कको प्रयोग गर्दा आफू र अरु समेत सुरक्षित हुने भएकाले चाँडै मास्क वितरण गरिने प्रवक्ता राजु महर्जनले बताए ।महानगरपालिकाले यसअघि नै सिलाइ तालिम दिएको र तालिम लिएका महानगरका वडाका महिलाहरुले मास्क सिलाउन थालेको उनले बताए ।

त्यस्तै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिमबाट टाढा रहन साबुन पानीले नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक कान र मुख छोप्न, अभिवादनका क्रममा नमस्कार गर्न, माछा, मासु र अण्डा राम्रो सँग पकाएर खाना समेत अनुरोध गरेको छ ।महानगरले ठूला सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *