रुघाखोकी लागेपछि आराम गर्दै प्रचण्ड, कोरोना संक्रमणको आशंका

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थमा समस्या देखिएपछि निवासमै आराम गरिरहेका छन् ।कार्यकारी अध्यक्ष प्रचण्डलाई केही दिनदेखि रुघाखोकीले सताएको छ । विश्वभर कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको बेलामा कोरोना संक्रमण हुन

सक्ने सम्भावना रहेको भन्दै चिकित्सकले आराम गर्न र भेटघाट नगर्न सुझाव दिएपछि उनी आराम गरिरहेका छन् ‘सामन्य रुघाखोकी हो, अध्यक्ष अहिले आराम गरिरहनु भएको छ । त्यसकारण केहि दिनका लागि भेटघाट बन्द गरिएको छ ।’ सचिवालयले जानकारी दियो । कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालयले जनाएको छ ।

यो पनि यस्ता ब्यक्तिलाई मात्रै लाग्दछ कोरोना भाइरस ! जानी राखौं

काठमाडौं। अहिले कोरोना भाइरसको संक्र’मणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्र’मण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्र’मण सर्न सक्छ ।कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृ’त्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृ’त्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।कोरोना संक्र’मणको औषधि छैन ।

तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्र’मण भयो भन्दैमा सबै आत्ति’नु पर्दैन । कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ (३ महिनाको जोहो गर्दा राम्रो हुन्छ ।

जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन ।

तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ।

तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *