भरतपुरमा इन्स्पेक्टरले प्रेमिकालाई गो’ली हा’न्न सिकाएपछि…

एक साताअघि चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई ब’न्दुक चला’उन सिकाउने भनेर नजिकैको फा’यरिङ रेन्जमा लगिएको थियो। असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयले प्रहरी निरीक्षक किरण राउतलाई खटाएको थियो।

फायरिङका बेला बाहिरबाट मानिसहरू फाइुरिङस्थलमा लैजान पाइँदैन। तर असईहरूलाई बन्दुक चलाउने तरिका सिकाउन गएका प्रहरी निरीक्षक राउतले आफ्नी प्रेमिकालाई पनि बोलाएर फा’यरिङ गर्न दिएको खुलेको समाचार सेतोपाटीमा प्रकाश ढुंगानाले लेखेका छन् ।

त्यो दिन असईहरूलाई फायरिङका लागि २० राउण्ड गो’ली छुट्टाइएको थियो। असईहरूका लागि छुट्याइएका तिनै गो’लीबाट राउतले आफ्नी प्रेमिकालाई फा’यरिङ गर्न दिएको स्रोतले जानकारी दिएको छ।यस विषयमा म बुझ्छु,’ उनले भने, ‘गो’ली हा’न्न दिएको भए प्रहरी निरीक्षकमाथि कार’बाही हुन्छ।’

भरतपुर तालिम शिक्षालयका प्रमुख एसएसपी बुद्धिराज गुरूङले फौ’जमा कहिलेकाहीँ प्रशिक्षकले आफूले नहानेर आफन्तलाई गो’ली हा’न्न दिने चलन पहिलादेखि नै रहेको बताए। यसलाई सामान्य रूपमा लिनु पर्ने उनको भनाइ छ। तर पछिल्लो समय यस्तो चलनलाई आफूहरूले निरूत्साहित गर्ने गरेको एसएसपी गुरुङले बताए।

प्रहरी तालिम शिक्षालय हेर्ने बागमती प्रदेशका प्रहरी प्रमुख किशोरकुमार दाहालले यस विषयमा कुनै जानकारी नआएको बताए।केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले यसरी प्रशिक्षकले बाहिरी मानिस फा’यरिङ रेन्जमा लगेर गो’ली हा’न्न दिन नमिल्ने बताए।
‘यस विषयमा म बुझ्छु,’ उनले भने, ‘गो’ली हा’न्न दिएको भए प्रहरी निरीक्षकमाथि कार’बाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *