भारतमा तीन वर्षीय बालकमा कोरोना

२६ फागुन, काठमाडौं । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् ।इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो ।स्वास्थ्य विभागका एक

वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो । परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत छिन् । उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ ।भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।

यो पनि १२ वर्षअघि नै यो पुस्तकमा कोरोना भाइरसको भविष्यवाणी थियो, के–के हुन्छ भनिएको छ ?

एजेन्सी । अहिले एउटा तथ्य बाहिर आउँदा दुनियाँ चकित बनेका छन् । १२ बर्ष अघि लेखिएको एक पुस्तकमा २०२० मा कोरोना भाइरस आउँछ भनेर भविष्यवाणी गरिएको थियो । यो तथ्य मिलेपछि अहिले दुनियाँ नै चकित बनेको छ । कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै गरेको पुस्तकले रोगबारे गजबको विषय उल्लेख गरेको छ । पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी समेत गरेको छ । रोगले केहीवर्षपछि फेरि आक्रमण गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ ।

भविष्यवाणी मिल्यो भने रोग चाँडै रहनेछैन । केही वर्ष यो रोगले दुःख दिनसक्छ तर धेरै वर्ष रहँदैन । छिट्टै आउने र छिट्टै हराउने भविष्यवाणी गरिएको यो रोग कोरोना भाइरसको संक्रमण हो कि भन्ने अनुमान लगाउन सकिन्छ । रोग छिट्टै आएको छ । यो छिट्टै फैलिएको पनि छ । भविष्यवाणीमा भनिएको छ यो जत छिटो आयो उति नै छिटो हराउनेछ र पछि पूर्ण रुपमा हराउनेछ । रोग भविष्णवाणी गरेजस्तै छिट्टै हराउने र पूर्ण रुपमा निर्मुल हुने हो होइन प्रतिक्षाको विषय छ ।

सिल्भिया ब्राउनीको पुस्तक ”इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड” मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ ।

पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आ क्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ । उनको पुस्तकमा भनिए जस्तै कोरोना भाइरसको संक्रमणपछि लक्षण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *