जानकी मन्दिरलाई महन्तबाटै ख,त,रा !

जनकपुर, २६ फागुन । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुरधामको जानकी मन्दिरलाई महन्तबाटै ख,त,रा देखिएको छ । महन्तले कसैलाई पनि थाहा नदिई पुरातात्वीक महत्व रहेको गर्भगृहको चाँदी फेरेको रहस्य खुलेको हो । स्थानिय प्रशासनसंग अनुमति लिएको दावी गरेका महन्तले ग,र्भ,गृ,ह,को चाँदी पनि पुरातान्विक नभएको तर्क गरेका छन् ।

पुरातान्विक महत्वको कुनै पनि सार्वजनिक स्थलमा फेरवदल वा केही नयाँ काम गर्नुपरे जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानसंग अनुमति लिनुपर्ने प्रावधान छ । तर उनले एक्लै त्यस्तो निर्णय गरेको देखिन्छ । मन्दीरका महन्त रामतपेश्वरदासले गैरकानुनी रुपमा फेरेको खुलासा भएको हो । त्यसका लागि होत्तरीको महदैयाका सिताराम साहले २९ किलो नयाँ चाँदी समेत उपलब्ध गराएको रहस्य खुलेको हो । सो कुरा भने उनले स्वीकार गरेका छन् । जिल्ला प्रशासन कार्यालयले भने मन्दीरमा चाँदी फेर्न अनुमति नलिएको जनाएको छ ।

स,ङ्क,टा जात्रा र अबिर जात्रा मनाइयो काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामसँग मनाइएको छ । विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको सङ्कटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न हुन्छ ।

पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको स,ङ्क,टा जात्रा र अबिर जात्रा पनि एक हो । सिङ्गो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णिमाको दिन धुमधामसँग मनाइन्छ । पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको सङ्कटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताए ।

विशेषगरी पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भने, “यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।”

सो अवसरमा बिहान बाजागाजासहित नगर परिक्रमा गर्ने र दिउँसो सङ्कटा मन्दिरमा राँगो बलि दिएर सुन सङ्कटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिन्छ । सो जात्रासँगै आज नै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाइयो छ । आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताए ।

यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको छ । पनौतीमा हुने जात्रामध्ये सो जात्राका लागि पनि नगरपालिकाले आर्थिक सहयोग गरिएको छ । पनौतीमा हुने जात्राको मुम व्यवस्थापन समितिको नाममा बजेट व्यवस्थापन गरेअनुसार त्यसबाट विभिन्न जात्रा मनाउनका लागि बजेट व्यवस्थापन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *