कोरोना लागेका विद्यार्थीलाई भेटेका कारण पोर्चुगलका राष्ट्रपति पनि १४ दिन क्वारेन्टाइनमा बस्ने

एजेन्सी । पोर्चुगलका राष्ट्रपतिले एक जना कोरोना प्रभावितलाई भेटेका कारण उनी पनि अब १४ दिन क्वारेन्टाइनमा बस्ने भएका छन् । सार्वजनिक कार्यक्रमको शिलशिलामा भेटघाट गरेका एक विद्यार्थीमा कोरोना भएको पुष्टि भएपछि उनी पनि क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरस प्र को पको चि,,न्ता बढिरहेका बेला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पोर्चुगिज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई निजि निवासमै १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिएको हो । उक्त विज्ञप्तिमा राष्ट्रपतिले मुलुकको उत्तरी भेगका विद्यार्थीलाई भेटेका थिए । पछि ती विद्यार्थी मध्ये एकजनामा कोरोना भाइरस सं क्र मण को पुष्टि भएपछि राष्ट्रपति पनि क्वारेन्टाइनमा बस्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनलाई स्वाथ्यकर्मीहरुले क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए ।

स्वास्थ्य अधिकारीको सल्लाह स्वीकार गर्दै राष्ट्रपतिले क्वारेन्टाइनमा बस्न तयार भएका हुन् । स्वास्थ्यकर्मीको सल्लाह मान्दै राष्ट्रपतिले अब १४ दिन कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् । यद्यपि उनमा कोरोना भाइरसको कुनै किसिमको लक्षण भने देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरस पोर्चुगलमा पनि पुगेको छ । पोर्चुगलमा अहिले सम्म ३० जनामा सं क्र मण देखा परिसकेको छ ।

अफगानिस्तानमा घानी र अब्दुलाह दुवै नेताद्वारा राष्ट्रपतिको सपथग्रहण कावुल । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्

सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन् । घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गरेका थिए ।

समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय खालिल्जाद, अमेरिकी कार्यवाहक राजदूत रोस विल्सन, अमेरिकी, नाटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए ।

अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् ।घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । गत सेप्टेम्बरमा निर्वाचन भए पनि परिणाम घोषणा हुन नसकेपछि उहाँले पाँच महिनापछि विजयी भएको घोषणा गरेका हुन् ।गत डिसेम्बरमा घो,ष,णा भएको प्रारम्भिक नतिजाअनुसार घानी झिनो मतअन्तरले अगाडि रहेका थिए । दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप स ङ्क टमा पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *