सार्क राष्ट्र अन्तरर्गत भारतमा सबैभन्दा बढी कोरोना संक्रमित, नेपाललाई थप ख,त,रा

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुक मध्य भारतमा सबै भन्दा बढी कोरोना भाइरसका संक्रमित बढेपछि नेपालमा ख,त,रा पनि बढेको छ । भारतसंग खुला सिमाना भएका कारण नेपालमा अब थप खतरा बढेको हो ।

सबै भन्दा कम श्रीलंका र बंगलादेशमा छन् । आइतवार ति मुलुकमा पनि संक्रमित देखिएका हुन् । तर अहिले सम्म सार्क राष्ट्रमा कोरोनाका कारण कसैको ज्या’न गएको खबर भने छैन । चिनियाँ नागरिकको बाक्लो उपस्थिति हुने यी सार्क क्षेत्रका यी मुलुकमध्ये भारतमा सोमबारसम्म कोरोनाका ४३ जना बिरामी भेटिएका हुन् ।

यो सार्कका ९ मुलुक मध्ये सबैभन्दा बढी संख्या हो । बंगलादेशमा तीजना कोरोनाका बिरामी भेटिएका छन्। कोरोना संक्रमितमध्ये २ जना भर्खरै इटालीबाट फर्किएको त्यहाँका स्वास्थ्यअधिकारीले जनाएका छन्। श्रीलंकमा पनि कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएको जनाइएको छ ।

विश्‍व स्वास्थ्य संगठनमा अनुसार दक्षिण एसियाली मुलुकमध्ये भारतमा सोमबारसम्म ४३ जना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको छ । संक्रमित मध्य चार जना निको भएर घर फर्केका छन् । सोमबार थप चारजना कोरोनाका बिरामी भेटिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

भारतमा एक जना बालकमा पनि कोरोना भाइरस देखिएको छ । अहिले सम्म विश्वमा कुनै पनि मुलुकमा बच्चामा कोरोनाको संक्रमण देखिएको थिएन । भारतको केरलमा एकजना तीन वर्षीय शिशुमा पनि कोरोना पुष्टि भएको छ । समाचार अनुसार इरान, इटाली र चीनबाट फर्किएकाहरुमा कोरोना संक्रमण भेटिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *