नेपालमा ३०/४० जनामा मात्रै कोरोनाको संक्रमण देखिए नाकाबन्दी हुने चिन्ता, पर्ने छ !

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । । विश्वभर कोरोना भाइरसबाट म”र्नेको संख्या चार हजार नाघेको छ । मंगलबार विहानको तथ्यांक अनुसार चार हजारको निधन भइसकेको छ ।

विश्वभर कोरोना भाइरसबाट एक लाख १३ हजार मानिस संक्रमित भइसकेका छन् । ती मध्ये कतिपय संक्रमणमुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी मानिसको निधन र संक्रमण चीनमा भएको छ ।

चीन र दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आउने क्रम देखिएको छ । सोमबार चीन र कोरियामा कोरोना भाइरसका संक्रमितको नयाँ संख्या विगत दिनका तुलनामा कम देखिएको छ । कोरियामा साँढे सात हजार संक्रमित भइसकेका छन् ।

इरान र इटालीमा भाइरसको संक्रमण बढेको छ । अमेरिकामा पनि भाइरस फैलिएको छ । इटालीले मानिसहरुलाई घरबाहिर ननिस्कन भनेको छ । इटाली देशनै बन्द गरिएको छ । बोइङ विमानका कामदारलाई कोरोना भाइरस सरेको छ । अमेरिकास्थित बोइङ कम्पनिका कामदारलाई भाइरस सरेको हो ।

यसै क्रममा विश्वभर आ’तं’क म’च्चा’उँदै आएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।

आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारवाही हुने चेतावनी दिएको हो ।

मास्क, स्यानेटाइजरजस्ता सामग्रीमा मात्रै दबाब परेको स्पष्ट पार्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, “खाद्य पदार्थ, खाना पकाउने ग्यास, नुन, दलहन, खाने तेल आपूर्तिमा कुनै समस्या छैन । कहीँ कतै पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” व्यापारीले रु २० मा पाइने आयोडिनयुक्त नुनको रु ४० सम्म बिक्री गरेको, खाना पकाउने एलपी ग्यास लिन लामा लामा लाइन लागेको, मास्क तथा अन्य खाद्यउपजमा समेत कालोबजारी भएको चर्को गुनासो आएपछि पत्रकारसँगको भेटमा मन्त्री भट्टले केही सामानमा दबाब परे पनि सङ्कटको अवस्था नभएको बताए ।

सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर कुनै पनि व्यवसायी त्यसरी प्रस्तुत भए तिनलाई जरिवाना तिराउने मात्रै नभई जेलसम्म हाल्नुपर्ने अवस्था आउनसक्ने मन्त्री भट्टको भनाइ छ । काठमाडौँ उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्यासमा ठूलो दबाब परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झण्डै दोब्बर ग्यासको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ तर उपभोक्ताले पनि सङ्कटको बेलामा के हो के भने जसरी आवश्यकभन्दा बढी ग्यासका सिलिण्डर भण्डारण गरेका कारण नयाँ सिलिण्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिण्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।

त्यस्तै विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ । चीनको उहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०–४० जना व्यक्तिमा मात्रै कोरोनाको सं’क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०–४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए । उनले जथाभावी भीडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धी समस्या र दमका रोगीहरुलाई सं’क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।

उनकाअनुसार पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्तिपनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *