फ्रान्सका संस्कृति मन्त्रीलाई पनि कोरोना, बालबालिकामा पनि देखिन थाल्यो

पेरिस । चीनको वुहान क्षेत्रवाट सुरु भएको कोरोनाले पछिल्लो समय राज्यमा ठूला निकायका अधिकारीहरुलाई पनि हुन थालेका समाचार आउन थालेका छन् । पछिल्लो समय फ्रान्सका संस्कृति मन्त्री फ्र्यान्क रियस्टरलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड९१९ भएको पुष्टि भएको छ ।

फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो । उनको स्वास्थ्य अवस्था भने ठिक रहेको मन्त्रालयले जनाएको छ । उनी गत साता राष्ट्रिय सभामा सहभागी भएका थिए । जहाँ कोरोना संक्रमण भएका पाँच साँसदसमेत उपस्थित भएका थिए ।

फ्रान्समा कोरोनाका कारण निधन हुनेको संख्या २५ पुगेको छ भने एक हजार ४१२ जना संक्रमित छन् । फ्रान्समा ८ वर्षीय बालकलाई समेत कोरोना संक्रमण भएको छ । कोरोना संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर रहेको स्थानीय मिडियाहरुले जनाएका छन् । बालबालिकामा नदेखिएको कोरोना पछिल्लो समय बालबालिकामा पनि देखिन थालेको छ । यस अघि भारतको केरलामा पनि ३ वर्षको शिशुमा कोरोना देखिएको छ ।

रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा कोरोनाको असर कम देखिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । जसका कारण वृद्धवृद्धाहरु कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन् । चिसो मौसममा फैलिने यो रोगले वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई छिटो समात्ने गरेको छ ।

इटलीमा एकै दिन १०० को मृ त्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन युरोपेली मुलुक इटलीमा कोरोना भाइरसले भ या वह स्थिति सिर्जना गरेको छ। कारोनाको सं क्र मणबा ट त्यहाँ एकै दिन सय जनाको मृ त्यु भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार बिहानसम्म इटलीमा कोरोना सं क्र म णबाट मृ त्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। सोमबार एकै दिन सय जनाको मृ त्यु भएपछि इटलीमा कोरोना सं क्र मण ले मृ त्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो।

यसरी कोरोना सं क्र मण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आ प तकालीन उपाय अपनाएको छ। ६ करोड जनसंख्या भएको इटलीका बसै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्र ति ब न्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। कोरोना भाइरसको सं क्र म ण तथा मृ त्युको तथ्यांकले यो भाइरसको उद्गमस्थल चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक इटली देखिएको छ।

इटलीमा अहिलेसम्म ९ हजारभन्दा बढी व्यक्तिमा सं क्र मण को पुष्टि भएको छ। चीनमा अहिलेसम्म ३१ सयभन्दा बढी मानिसको मृ त्यु भएको छ। ८० हजार सं क्र मित देखिएका छन्। पछिल्ला दिनमा मृ त्यु दरमा नि य न्त्र ण गर्न चीन सफल देखिएको छ। सोमबार चीनमा थप १७ जनाको मृ त्यु भएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *