नेपाल एयरलाइन्सले पनि कतार उडान बन्द गर्यो

काठमाडौं, २७ फागुन । कोरोना भाइरसका कारण नेपाल एयरलाइन्सले कतारका सबै उडान रोक्ने निर्णय गरेको छ । हिमालयन एयरलाइन्सले पनि केही दिन अघि नै उडान रोक्ने निर्णय गरिसकेको छ । उडान रोक्ने कि नरोक्ने भन्ने विषयमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । मंगलबारदेखि नै लागू हुने गरी राष्ट्रिय ध्वजावाहकले यस्तो निर्णय लिएको हो। कतारले कतारले कोरोनाका कारण नेपालसहित १४ देशका नागरिकलाई पनि आफ्नो मुलुकमा भित्रन रोक लगाएको छ ।

कतारले अर्को निर्णय नभएसम्मका लागि भन्दै रोक लगाएका कारण टिकट लिएर बसेका नेपालीहरु पनि रोकिएका छन् । कतारको यस्तो निर्णय पछि नेपाल एयरलाइन्सले पनि कतारका सबै उडान तत्कालका लागि रोक्ने निर्णय गरेको हो । दैनिक गइरहेको हिमालयनले सोमबार काठमाडौं–कतार उडान तत्कालका लागि स्थगित गरेको थियो। तर नेपाल एयरलाइन्सले यात्रुको चाप रहेको भन्दै उडान भर्दै आएको थियो ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यस्तो निर्णय भएको जानकारी दिइन् । कतारले सोमबारदेखि लागू हुने गरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ। कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *