बिहेपछि बहिनीले दिदीलाई बो,कि,न् र गाडीमा च,ढा,इ,न्

काठमाडौँ- सामान्यतया: नेपाली समाजमा बिहेपछि बेहुलीलाई बि,दा,इ गर्दा उनका दाजु वा भाइले बो,के,र गाडीसम्म पुर्‍याउने चलन छ।स्थायी ठेगाना सुर्खेत भए पनि हाल काठमाडौँ बस्दै आएकी जस्टिना सिं,ह ठकुरीले भने यस्तो परम्परालाई तोडेकी छन्। उनले आफ्नी दिदी सम्भावी सिं,ह ठकुरीको बिहेपछि बिदाइ गर्दा आफैँ बो,के,र गाडीसम्म पुर्‍याइन्।सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नी दिदीको बिदाइमा आफूले बोकेको फोटो हाल्दै पुस्तौँदेखि चलिआएको परम्परा आफैँबाट परिवर्तन गर्न चाहेको बताएकी छन्।

उनले आफ्ना कोही दाजुभाइ नभएका कारण सधैँजसो तिहारमा पनि दुई दिदीबहिनीले मिली टीका लगाउने गरेको पनि बताएकी छन्। उनलाई बिहे गराउने पुजारीले काका-ठूलोबुबाका छोरालाई बोक्न लगाउन आग्रह गरे पनि जस्टिनाले मानिनन्।उनले समाज परिवर्तनका लागि सबै महिलालाई अग्रसर हुन सचेत पनि गराएकी छन्। उनको फेसबुक पोस्ट धेरैले रुचाएर सेयर गरिरहेका छन्।जस्टिना मेकअप आर्टिस्ट हुन्।

यो पनि राप्ती नदीको अनुमति देखाएर सुपैला खोलामा उत्खनन्

दाङ-राप्ती नदीको रतनुर घाटबाट ढुंगा जन्य वस्तु उत्खनन गर्न अनुमति दिइएको छ तर, यो अनुमति देखाएर ठेकेदारले अनेत्रैकाे खाेलाबाट उत्खनन गरेर ढुंगा जन्य वस्तु उत्खनन निकासी गरिरहेको रहस्य खुलेको हो।गढवा गाउँपालिकाले वडा नम्बर ३ को पक्की नाली तथा बाटो ग्राभेलको लागि राप्ती नदिको रतनपुर घाटबाट मिस्कट र ढुं,गा उठाउन अनुमानि दिएको छ।तर, ढुंगा र मिस्कट उठाउने अनुमती पाएको

निमादेवी निर्माण सेवाले गढवा-३ को सुपैला खोलाबाट ढुंगा उत्खनन गरेर लगिरहेको अवस्थामा स्थानीयले ट्याक्टर नियन्त्रणमा लिएका थिए।तर, सरोकारवाला निकायले कारबाही नगरी ट्याक्टर छाडेको स्थानीय गुरु चौधरीले बताए।एक ठाउँको अनुमती छ। तर, अर्को ठाउँबाट त्यहीँ अनुमति देखाएर ढुं,,गा बोकेका छन´चौधरीले भने-`ट्याक्टर रोकेर कारबाहीको लागी प्रहरीलाई पठाएको तर, कारबाही भएन।´

गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले अनुमती भन्दा बाहिरबाट कसैलाई पनि नदिजन्य वस्तु उत्खनन गर्न नदिइने बताए।`ट्याक्टर वालाले वदमासी गरेको हो। राजश्व काटेको छ। तर, एउटा घाटको अनुमती लिएर अर्को घा,ट,बा,ट बो,के,को पाइयो´यादवले भने-`अनुमति जहाँको छ। त्यहीँ ठाउँबाट बो,क्न निर्देशन दिएका छौं।´केही दिन अघि पनि लमही नगरपालिकाको क्षेत्रको रोयल्टी काटेका ट्याक्टर गढवाको क्षेत्रबाट नदिजन्य वस्तु उत्खननकाे लागि पुगेका थिए । प्रहरीले नियन्त्रणमा लिएर फेरि यस्तै समस्या दोहोरिए कारबाही गर्ने चेतावनी दिएर छाडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *