७० करोड काण्डमा मुछिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली वि’स्फो’ट

काठमाडौं । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएका व्यक्तिको घरमा वि’स्फो’ट भएको छ । ७० करोड रुपैयाँ कमिशन प्रकरणमा नाम जोडिएपछि राजीनामा दिनु भएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली वि’स्फो’ट भएको छ ।

भक्तपुरस्थित घरमा प्रेसर ब’म वि’स्फो’ट भएको हो । मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा आज बिहान पौने ८ बजे ठूलो आवाजसहित वि’स्फो’ट भएको जानकारी दिइएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फो’टबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ । वि’स्फो’टबाट बाँस्कोटाका छिमेकीहरुको घर पनि क्षतिग्रस्त भएका छन् ।

ब’म वि’स्फो’टबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको जानकारी दिइएको छ । बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर ब’म वि’स्फो’ट गराइएको हो । ब’म वि’स्फो’ट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *