सरकारले चैत ५ गतेसम्ममा परीक्षा सम्पन्न गरेर, लामोसमयसम्म बिद्यालय बन्द गर्दै !

ईश्वरराज ढकाल – विश्वका करिब १ सय ३ मुलुकमा फैलिएको कोरोना भाइरसको आ’तंकले विश्वभरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ। विशेष गरी व्यापार र पर्यटन क्षेत्रलाई खर्बौं रुपियाँको क्षति पु¥याएको छ। यसको असर नेपालमा पनि पर्न थालेको छ। विशेष गरी पर्यटकीय क्षेत्रमा ठूलो असर परेको छ। नेपाल समाचारपत्रमा खबर छ ।

व्यापार व्यावसाय बन्द छ। देशका मुख्य पर्यटकीय क्षेत्र सुनसान छन्। कोरोनाको त्रासले शिक्षण क्षेत्रमा ठूलो त्रास फैलिएको छ। शैक्षिक सत्र २०७७ को सरकारी भर्ना अभियान पूर्णरूपमा असर पर्ने देखिएको छ।

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सरकारले चैत ५ गतेसम्ममा परीक्षा सम्पन्न गरेर केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ। चैत ६ गतेदेखि सञ्चालन हुने एसईईबाहेकका विद्यालय तहका सबै परीक्षा ५ गतेसम्म सक्ने गरी तयारी भइरहेको छ। सरकारी र निजी विद्यालयले आजबाट परीक्षा लिन शुरू गरिसकेका छन्।

करिब एक महिना बिदा दिने तयारीमा रहेका सबै निजी विद्यालयले भर्नालगायतका सबै कार्यक्रम एक महिना पछि सार्ने तयारी गरिरहेका छन्। विद्यालयले सबै विद्यार्थी र अभिभावकलाई पत्र पठाएर सचेत रहन आग्रह गरिसकेका छन्। कोरोनाको त्रासका कारण मुलुकको शिक्षा क्षेत्र अस्तव्यस्त हुने सम्भावना बढेको छ। त्रिविअन्तर्गतका क्याम्पसमा चैत दोस्रो साताबाट परीक्षा हुँदैन।

त्यो परीक्षा लिने वा स्थगित गर्ने भन्ने विषयमा त्रिविले कुनै निर्णय गर्न सकेको छैन। भनौं नेपालको उच्च शिक्षासमेत अन्योल देखिएको छ। विद्यालयमा अभिभावक भेला, वार्षिक कार्यक्रम, पिकनिकलगायतका कुनै पनि भीडभाडजन्य कार्यक्रम नगर्न शिक्षा मन्त्रालयले सबै सरोकारवालालाई उर्दी जारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *