कोरियामा एक नेपालीको नि’ध’न

सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपालीको नि’ध’न भएको छ । कोरियाको छनान शहरको हाब्दोङमा कार्यरत धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार ज्यान गएको हो।

करिब १० वर्ष अघि कोरिया आएका राई गत मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका थिए । उनको उपचारका क्रममा सोैल सिटीस्थित छनान अस्पतालमा करिव ११ बजे मृत्यु भएको हो।गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अहिलेसम्म राईको मृ’त्यु’को आधिकारिक कारण खुलेको छैन।मृ’त’क राईका नेपालमा श्रीमती र एक छोरी छन्।

यो पनि धनगढी उपमहानगरले पत्ता लगायो कोरोनाभाइरसको औषधी, नगरवासीलाई पनि सिकायो

काठमाडौं। धनगढी उपमहानगरपालिकाले कोरोनाभाइरसबाट बच्नको लागि नगरवासीलाई गरेको आग्रह अहिले चर्चामा छ । महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्नको लागि औषधी नै सिफारिस गरेपछि यो विषय चर्चामा आएको हो । उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ ।’ विज्ञप्तिमा नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेका छन् । बुधबार जारी विज्ञप्तिमा उपमहानगरले संक्रमण छिटोभन्दा छिटो मानिसमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । तर, सामाजिक संजालमा भने उपमहानगरले कोरोनाको औषधी पत्ता लगाएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *