होली खेलेर नु’हाउने क्रममा १५ जनाको मृ’त्यु

काठमाडौं । होली मनाएर नुहाउने क्रममा भारतको ओडिशा राज्यमा १५ जनाको डु’बे’र मृ’त्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डु’बे’र मृ’त्यु भएको बीबीसीले जनाएको छ ।

विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृ’त्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नु’हा’उ’न रोक लगाएको थियो ।
होली मनाउने क्रममा जाँ’ड’र”क्सी खाएकाहरु नुहाउने क्रममा दु’र्घ’टना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । मृ’त’कका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घो’ष’णा गरेको छ ।

यो पनि बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज बाबु-आमा-छोराको उडान त्यो उडान !

कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी

अभिभावक चाहन्थे उनी डक्टर बनुन् ।अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन ।

बाबु-आमा-छोराको उडान सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ ।जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो ।दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन

हुन् भने आमा सुमिली एयर होस्टेस् ।मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *