टुटल र पठाओलाई रोक्न सरकारको चे’तावनी,निकाल्यो यस्तो सूचना

काठमाडौं,२८ फागुन । विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न सरकारले चे’तावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै एक प्रयोजनका लागि दर्ता भएको सवारी ककुनै अर्को प्रयोजनमा प्रयोग गर्न नपाउने भन्दै नियम उल्लंघन गरे कारवाही गर्ने बताएको छ ।

निजि सवारी साधनले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम का’रबाही गर्ने जानकारी दिएको छ । ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए ।

यो पनि प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र कालञ्जर पर्वत सडकले जोडिदै

पर्वत, २८ फागुन । उत्तरी क्षेत्रको जलजला गाउँपालिकामा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालञ्जर क्षेत्रमा सडक पु¥याउने अभियान थालिएको छ । सामुद्रिक सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको हम्पालमा जलजला गाउँपालिकाले धमाधम सडक पु¥याउने अभियान थालेको हो ।

शालिजाको ओख्रेनी हुँदै हम्पालसम्म सडकको ट्र्याक खोल्न अब डेढ किलोमिटर मात्रै रहेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । धार्मिक, पर्यटकीय र आकर्षक ठाउँ भए पनि शालिजाको तारेबाट तीन घण्टा पैदल हिँडेर मात्रै पुग्न सकिने हम्पालमा सडक पुगेपछि त्यहाँ जान सहज भएको छ । आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म सो भूमिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान बढाउन प्रचारप्रसार गर्ने र विश्वभरका हिन्दू धर्मावलम्बी भित्र्याउनका लागि आयोजना गरिएको बृहत् महायज्ञलाई लक्षित गरेर गाउँपालिकाले हम्पालसम्म सडक पु¥याउने अभियान चलाएको हो ।

महायज्ञको मूल आयोजक समितिमा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) रहनुभएको छ । गाउँपालिकाले हम्पालसम्म सडक पु¥याउन केही हप्ताअघि सम्पन्न गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको छ । हम्पाल जाने धेरैको इच्छा भए पनि सडकको असुविधाले जान नपाएका धार्मिक तथा अन्य पर्यटकलाई सहज हुने अध्यक्ष मल्लले बताउनुभयो । उहाँले धार्मिकरूपमा र विभिन्न पुराण तथा हिन्दू धार्मिकशास्त्रमा समेत सो क्षेत्रको वर्णन गरिएकाले यो ठाउँ धार्मिकरूपमा महत्वपूर्ण रहेको दाबी गर्नुभयो । सो क्षेत्र मनमोहक, आकर्षक र त्यहाँबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने मल्लले बताउनुभयो । गाउँपालिका अध्यक्ष मल्लले विसंं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएदेखि नै हम्पालको विकासका लागि पहल गर्दै आउनुभएको छ ।

विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्न सो क्षेत्रमै १०८ श्रीमद्भागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । वैशाखमा आयोजना गर्न लागिएको महायज्ञमा आउने श्रद्धालु भक्तजनलाई आवागमनमा सहजता प्रदान गर्न हम्पालसम्म मोटरबाटो र यज्ञस्थलमा बिजुलीको व्यवस्था गाउँपालिकाले गर्ने प्रतिबद्धतासमेत अध्यक्ष मल्लले गर्नुभएको छ ।

हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको सो पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्धप्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गङ्गासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठजस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमि र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तर पनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको उक्त पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।

यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दाबी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भूमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।

मातातीर्थ औँशीका दिन दिवङ्गत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि नीरकण्ठेश्वर शङ्कर भगवान्को मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालाञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।

अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । सो क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वरधाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगङ्गा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वी तलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा सो क्षेत्रको महिमा उल्लेख गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *