युएस बंगला विमान दुर्घटना क्षतिपूर्तिको अधिकार नेपाललाई

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनाको क्षतिपूर्तिबारेको अधिकार नेपाललाई नै कायम हुने भएको छ। सात जना पीडितले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्ने क्षेत्राधिकार नेपालको न्यायलयमै भएको पाटन उच्च अदालतले आदेश गरेको छ।यूएस बंगला विमान सञ्चालक कम्पनी एवं उसका बिमक र पूनर्बिमक कम्पनीले क्षतिपूर्ति विवादको निरुपण गर्न नेपालमा अधिकारक्षेत्र नै नरहेको जिकिर गर्दै आएका थिए।

काठमाडौं जिल्ला अदालतले मंसिर १९ गते उक्त विवाद हेर्ने क्षेत्राधिकार नेपाली अदालतमै भएकोकाठमाडौं जिल्ला अदालतले मंसिर १९ गते उक्त विवाद हेर्ने क्षेत्राधिकार नेपाली अदालतमै भएको भनेर आदेश गरेको थियो। तर जिल्ला अदालतको आदेशविरुद्ध विमान सञ्चालक कम्पनी एवं बिमक र पुर्नबिमक कम्पनी उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले गरेको आदेशमा भनिएको छ ‘विमान दुर्घटनामा ज्यान गुमाउने व्यक्ति एवम् दावी गर्ने वादीहरु नेपाली नागरिक भएको, उक्त एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ढाका–काठमाडौं विमान सेवा सञ्चालनका लागि विभिन्न समझदारी भएको, उक्त विमानले काठमाडौंमै अवतरण गर्ने गरी उडान भरेको, विमान दु’र्घ’ट’नाको जाँचसम्बन्धी सम्पूर्ण कार्य नेपालको कानून बमोजिम सम्पन्न भएको र उक्त विवादमा निजी अन्तर्राष्ट्रिय कानूनको मान्यता लागू हुने, दु’ष्कृ’ति कानूनको प्रावधान लागू हुने समेतको आधारमा नेपालले नै उक्त विवादको न्यायिक निरुपण गरी न्याय सम्पादन गर्न सक्ने देखिएको छ।’

‘उच्च अदालतको आदेशबाट सार्वभौम नेपाली नागरिकले अन्तर्राष्ट्रिय उडानका क्रममा दु’र्घ’ट’ना भई व्यहोर्ने जुनसुकै क्षतिका निमित्त नेपालमै मुद्दा गर्ने सक्ने ढोका खुला भएको हुनाले हवाई कानून र निजी अन्तर्राष्ट्रिय कानूनको विधिशास्त्रमा यसले नेपालमा दूरगामी महत्व राख्नेछ,’ पीडित पक्षका प्रमुख कानूनी सल्लाहाकार अधिवक्ता अमृत खरेलले भने।बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा सन् २०१८ मार्च १२ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा सवार ५१ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *