कोरोनाबाट कोही सं’क्र’मित भए सरकारले नि:शुल्क उपचार गर्ने

काठमाडौं, फागुन २८ । कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना सं’क्र’मण नियन्त्रणमा आएको घो’षणा भएपछि नेपाल सरकारले भने कोरोना भा’इ’रसबाट कोही ‘सं’क्र’मित भए नि:शुल्क उपचार गर्ने बताएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भएमा उनीहरुको निशुल्क उपचार गर्ने जनाइएको हो ।बैठकमा नेपाल आउनेहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको र जो’खि’म बढेमा जस्तोसुकै क’द’म चाल्ने पनि मन्त्री पोखरेलले जानकारी दिए ।

बैठकमा सहभागी संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले अस्पतालको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा आवश्यक परे सेना परिचालन समेत गर्नुपर्ने सुझाव दिएका थिए ।नेपालमा हालसम्म कोरोना भाईरस सं’क्र’मित नभेटिए पनि स’त’र्कता अपनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

यो पनि अष्ट्रेलियामा नेपाली युवालाई कोरोना भाइरस

काठमाडौं । नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अष्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भा’इ’रस (कोभिड-१९) पोजेटिभ देखिएको छ ।सिंगापुरमा लामो ट्रान्जिट हुँदैं अष्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ ।ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

अष्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए ।हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए ।

उनले भने, “हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौं, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौं ।”स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए ।ती व्यक्ति नेपालमा कहाँ बसेका थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थ्य संगठनले उनीबारे जानकारी लिन थालेको पनि कोइरालाले बताए । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *