दीपाश्रीले भा,वुक हुँदै भनिन को,रोना भाइ,रस नेपालमा आउँदै नआओस् (भिडियो हेर्नुहोस )

संसारभरि प्रभाव पारेको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि त्रास फैलाएको छ । अरू क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि यसको असर छ ।रिलिजका क्रममा रहेका केही फिल्मको मिति पछाडि सारिएको छ । कोरोना भाइरस सर्ने भयले हलमा कम दर्शक गइरहेका छन् । जबकि, सरकारले नेपालमा एकजनामा पनि कोरोनाको संक्रमण नभएको बताएको छ । नायिका तथा निर्देशक दीपाश्री निरौलाले सम्पूर्ण नेपालीलाई कोरोनाबाट शतर्क रहन आह्वान गरेकी छिन् । खबरहबको कुराकानीमा उनले भनिन्, ‘यो भाइरस अझै नेपालमा आइसकेको छैन, यो त धेरै खुशीको कुरा हो ।’

उनले कोरोनाको संक्रमणबाट बच्न हात धुन र मास्कको प्रयोग गर्न पनि सुझाएकी छिन् । सबै नेपालीलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन र भीडमा नजान पनि निरौलाको अनुरोध छ । ‘मान्छेलाई आफ्नो ज्यानको माया त भइहाल्छ, कोरोना भाइरस पनि नेपालमा आउँदै नआओस्, भगवानसँग यही प्राथना गरौं,’ दीपाश्रीले भनिन्, ‘सरकारले पनि सचेत रहन अनुरोध गरेको छ, यस्तो बेलामा हामी सबैले ख्याल गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *