१०३ वर्षीया चिनियाँ हजुरआमाको कोरोनामाथि जीत

एजेन्सी – वुहानमा ६ दिनको उपचारपछि १०३ वर्षीया चिनियाँ हजुरआमाले कोरानामाथि विजय प्राप्त गरेकि छन् । एक शताब्दीको उमेर पुरा गरेकी झाङ गुवाङफेनलाई हिजो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी हालसम्म चीनमा कोरोनाभाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन् । यो भन्दा पहिले पनि १०१ वर्षका व्यक्ति चीनमा कोरोनाभाइरसबाट मुक्त भएका थिए । उनी उक्त व्यक्ति भन्दा २ वर्षले जेठी छिन् ।

उनलाई अन्य धेरै रोग नभएकाले १ साता भन्दा कमको अवधिमा घर फर्काइएको उनका चिकित्सक जेङ युलानले स्थानीय संचार माध्यमलाई बताए ।उनलाई मार्च १ मा लियुआन एफलियटेड हस्पिटलमा यो खतरनाका रोग लागेको पत्ता लागेको थियो । यो अस्पताल मध्य चीनको हुवेई प्रान्तमा रहेको छ ।

यो पनि चीनले पत्ता लगायो १५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने ‘एन्टिबडी’

एजेन्सी – चिनियाँ चिकित्सा वैज्ञानिकहरूले एउटा द्रुत एन्टिबडीको परीक्षण विकास गरेका छन् । वैज्ञानिकहरुले औंलाको टुप्पोबाट रगतको थोपा जाँच गरेर १५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउन सक्ने एन्टिबडीको विकास गरेका हुन् ।

चिनियाँ शीर्ष मेडिकल विशेषज्ञ जोउ नान्सानको नेतृत्वकाअनुसार एन्टिबडी परीक्षणको उद्देश्य संक्रमित बिरामीहरू र कोरोना भाइरसको एसिम्प्टोमेटिक क्यारियर्सलाई छिटो चिन्नको लागि एक सही र द्रुत विधि रहेको छ ।

टोलीका अनुसार, नयाँ परीक्षण किटको क्लिनिकल अध्ययन देशभरि आठ क्लिनिकल साइटहरूमा गरिएको छ, जसले क्लिनिकल पत्ता लगाउने संवेदनशीलता, विशिष्टता र नयाँ परीक्षण किटको क्लिनिकल प्रभावकारितालाई प्रमाणित गरेको बताइएको छ ।

न्युक्लिक एसिड आरटी–पीसीआरबाट कोरोना जाँचको नतिजाका लागि तीन–चार घण्टा लाग्‍थ्यो । यो किटले एन्टिबडीमार्फ मानिसको रगतमा कोरोना भाइरस छ कि छैन भनेर १५ मिनेटमै नतिजा दिन्छ । यसमो समग्र परीक्षण संवेदनशीलता ८८ दशमलव ६६ प्रतिशत र ९० दशशलव ६३ प्रतिशत विशिष्टिकृत हुने बताइएको छ ।

टोलीले थप पत्ता लगाए कि औंला रगत, सीरम र शिरापरक रगतको प्लाज्माबाट प्राप्त क्लिनिकल निदान परिणामहरूले ठूलो पत्ता लगाउने स्थिरतालाई संकेत गर्दछ, जसको मतलब भविष्यमा संदिग्ध बिरामीको औंलाको रगत मात्र परीक्षण गरेर अधिक सुविधाजनक परीक्षण विधि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *