एक जनाको कोरोना भाइरस परीक्षण गर्न २० हजार शुल्क सरकारले तिरिदिने

काठमाडौ । एकजना मानिसलाई कोरोना भा’इरसको परीक्षण गर्न कम्तीमा २० हजार रुपैंयाँ लाग्ने सरकारले जनाएको छ । र, यो परीक्षण निःशुल्क हुनेछ। सरकारले कोरोनाको भा’इरसको उपचारको कुनै ठोस निर्णय लिइ नसकेको र परीक्षणको विषयमा भने निःशुल्क गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

‘परीक्षण गर्नेको करिब २० हजार रुपैया लाग्न सक्छ र, यो निःशुल्क हुनेछ’ स्वास्थ्य विज्ञ र पत्रकारहरुबीचको एउटा अन्र्तक्रिया कायक्रममा बोल्दै श्रेष्ठले भने, ‘सबै उपचारको लागि भने सरकारले केही निर्णय गरेको छैन।’ कोरोना नियन्त्रणको लागि आन्तरिक मुख्य उडानमा सबै ठाउँमा चेक हुने गरेको र भारतका मुख्य ४० वटा नाकामो हेल्थडेस्क स्थापना भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भा’इरसको बारेमा बुझ्नको लागि मगंलबार नै स्वास्थ्य आकस्मिक अप्रेसन सेन्टरमार्फत २४ सै घन्टा सूचना दिने व्यवस्था गरिएको छ। नेपालमा कोरानाको संक्रमण देखिएमा सबै अस्पताललाई तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए । ‘कोरोना फैलने ३–४ वटा

सिनारियो रहेका छन्, सहरमामात्रै पनि प्रभावित हुनसक्छ, कुनै ठाउँमा मात्र देखिन पनि सक्छ’ उनले भने, ‘यसको लागि सरकारले पूर्ण तयारी गरेको छ।’आइसोलेसन कहाँ राख्ने वा क्वारेन्टाइन कसरी व्यवस्थापन गर्ने भन्ने योजनामा लागिरहेको श्रेष्ठले बताए। कोरोनाको जोखिम नियन्त्रणको लागि चाहिने उपकरण नेपालमा नभएको कारण अन्तर्राष्ट्रिय रुपमा आन्तिरक खरिद प्रक्रिया अगाडी बढाएको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *