कुवेतले सबै देशसँगको हवाई उडान रोक्यो

फागुन २९, २०७६ कोरोना भाइरस संक्रमण फैलन नदिन कुवेतले सबै देशसँगको हवाई उडान रोक्ने निर्णय गरेको छ। कुवेतले भोलिदेखि लागू हुने गरी सबै देशसँगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरेको हो। कुवेतका नागरिक रहेका केही खाडी मुलुकसँगको उडान र

अत्यावश्यक कार्गो उडान मात्रै सूचारु रहने त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। कुवेतले त्यहाँ आजैदेखि १५ दिनका लागि सार्वजनिक विदाको घोषणासमेत गरेको छ। उसले होटेल रेस्टुरेन्टहरुमा जमघट नगर्न तथा ब’न्द गर्न आग्रह गरेको छ। कुवेतले सबै अन्तर्राष्ट्रिय उडान ब’न्द

गरेपछि रोजगारीका लागि त्यहाँ जाने तयारीमा रहेका नेपाली श्रमिक पनि रोकिने भएका छन्। कुवेतले अर्को सूचना नभएसम्मका लागि सबै आवतजावत बन्द गरेको छ। कुवेतमा कोरोना संक्रमणबाट अहिलेसम्म जम्मा ७२ जना संक्रमित भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।

यो पनि त्रिभुवन विश्वविद्यालयले ‘गुलुची’ ट्रान्सक्रिप्ट दिने

फागुन २९, २०७६ काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ। नक्कली रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी उक्त ट्रान्सक्रिप्ट बनाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए। उनकाअनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर

जाँच गर्न पनि सकिने छ। ट्रान्सक्रिप्टको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहेको हुन्छ। जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’, परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ उक्त ट्रान्सक्रिप्ट पानीमा नभिज्ने र नच्यातिने हुन्छ। सबैलाई एउटै किसिमको दिइने ति ट्रान्सक्रिप्टको बाहिर गाता भने ५ किसिमका छन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य

सङ्कायभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको ट्रान्सक्रिप्ट दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो। परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। ‘ट्रान्सक्रिप्टको ढाँचा तयारी गरिएको छ’ उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेका छाँै।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटो हुन्छ। विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो। नयाँ

ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ। बाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो। पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजन सर्टिफिकेट राखेर दिने छ। उनका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि दुई हजार, स्नातकको दुई हजार २००, स्नातकोत्तर तह र एमफिललाई दुई हजार ५०० र विद्यावारिधीका लागि तीन हजार तोकिएको छ। अहिले

त्रिविले स्नातक तहलाई ४५० र स्नातकोत्तर तहलाई ५०० शुल्क लिर्दै आएको छ। यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ। अहिले मानविकी र शिक्षाशास्त्र सङ्कायका ट्रान्सक्रिप्ट २४ गते उपलब्ध गराउँदै आएको परीक्षा नियन्त्रण कार्यालय अब सबै सङ्कायको ट्रान्सक्रिप्ट फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएकाले परीक्षा नियन्त्रक जोशीले बताए। त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *