तापक्रम ह्वात्तै बढ्यो, आगामी ३ दिन देशभरी यस्तो ड’र’ला’ग्दो मौसम

काठमाडौ । देशभरीको तापक्रम ह्वात्तै बढेको छ । साथै पश्चिमी वायुको प्रभावका कारण आजदेखि ३ दिनको मौसमको अवस्था विग्रिएको छ । आजपनि देशका केही स्थानमा पानी पर्ने संभावना छ। पश्चिमका केहि स्थानमा दिउँसोपख मेघ गर्जन र हावाहुरी सहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमका उच्च पहाडी तथा हिमाली एक दुइ स्थानमा हल्का हिमपात समेत हुने संभावना रहेको महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए। देशका अन्य भु(भागको मौसम सामान्यतया सफा रहनेछ। काठमाडौं उपत्यकाको मौसम पनि आज दिनभर सफा रहने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ९ डिग्री सेल्सियस मापन भएको छ। दिँउसो तापक्रम बढेर एकै पटक ह्वात्तै २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/२९ देखि २०७६/११/०१) जारी समय : बिहान ६:०० बजे नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-२९ विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।मौसमको अवस्था )Present Weather Status): हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आँशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २९ गते (बिहिबार) दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

फागुन ३० गते (शुक्रबार) दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।

चैत्र ०१ गते (शनिबार) दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।

रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *