भारतले गरेको सिमा नाका ब’न्द’ले नेपालमा कस्तो अ’सर पार्छ ?

काठमाडौं, कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भारतले सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापीमा रुपमा महामारीको रुप लिएको कोरोनाभाइरसबाट पिल्सिन थालेको भारतले थप संक्रमण हुन नदिन एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । भारतले भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ ।

तर, भारतले गैरआवासीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । शुक्रबारबाट लागू हुने गरी भारतले सो निर्णय गरेको हो । भारत सरकारले दशकौं पुरानो भिसासम्बन्धी कानुन संशोधन गर्दै चाँडै विदेशी नागरिकलाई आफ्नो देशमा भ्रमणमा रोक लगाउने तयारी थालेको छ । केरला, त्रिपुरालगायतका राज्यमा कोरोना संक्रमित बढेपछि भारतले यो नियम लागू गर्न लागेको हो । भारतले विदेशीलाई भीसासमेत रद्द गरेको छ । अब कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई महामारी घोषणा गरेपछि भारतले उक्त निर्णय आएको हो । भारतमा बुधबारसम्म ६० जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।भारतको सो निर्णयले नेपाललगायतका छिमेकी देशहरुलाई पनि प्रभाव पर्ने देखिन्छ ।भारतबाट खाद्यन्न, औ’षधि, ग्यास, पेट्रोलियम पदार्थ लगायतका बस्तु आयात गर्ने नेपालमा ती बस्तुहरुको अ’भाव हुने अनुमान गरिएको छ । तर, यसबारे नेपाल र भारतले दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *