रात परेपछि प्रहरीलाई आउँन थाल्यो यस्तो कल, प्रहरी नै हैरान

डडेल्धुरा । कसैलाई विपत पर्दा तत्काल प्रहरीलाई खबर गर्ने नम्बर हो १०० । प्रत्येक जिल्लामा प्रहरीलाई आपतकालिन खबर गर्न १०० नम्बरमा डायल गरिन्छ । यो नम्बर २४ सै घण्टा एक्टिभ हुन्छ । यो नम्बरमा आएको फोनका आधारमा प्रहरीले एक्सन लिन्छ । विपदमा परेको ब्यक्तिले राहत पाउन सक्छ । तर इमरजेन्सी अवस्थामा प्रयोग गर्नुपर्ने यो नम्बरमा अनावश्यक फोन आएर प्रहरी नै हैरान पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा आउने फोनले प्रहरीलाई हैरान बनाएको हो । आपतकालिन अवस्थामा फोन गर्नु पर्ने नम्बरमा अनावश्यक फोन आइदिएपछि प्रहरीले सास्ती भोग्नु परेको छ ।

अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्न प्रहरीले त्यो सुविधा दिएको हो । तर ड्युटिमा रहेका प्रहरीलाई १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्। कन्ट्रोल कक्षका प्रहरी मात्रै नभई कार्यालय प्रमुखदेखि अन्यलाई समेत दु ख दिने गरिएको छ । अति भएपछि प्रहरीले अत्यावश्यक विना सो नम्बरमा फोन नगन सर्वसाधारणलाई अपिल गरेको छ । प्रहरीले सूचनानै जारी गरी त्यस्तो अपिल गरेको हो ।

दैनिक करिब ४० र ५० वटा फोन अनावश्यक रुपमा आउने गरेको छ । ब्लफकल बिशेष गरेर मध्ये रातको समयमा आउने गरेकाले पनि प्रहरी हैरान हुने गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। राती आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उनको भनाई छ। रातीमा मानिसलाई समस्या परेको हुनसक्छ भनेर फोन उठायो भने प्रहरीलाई नै अनावश्यक सास्ती हुने गरेको छ ।

‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका समेत रहेको प्रहरीले जनाएको छ । त्यसमा पनि महिलाको संख्या बढी छ । उनले भने, ‘गलत सूचना दिने, जथाभावि गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राख्ने जस्ता कार्यले डडेल्धुरा प्रहरीलाई हैरान बनाएको हो। साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाईन (१००) नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्ने काम गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *