यस कारण नेपालीलाइ कोरोनाभाइरसले छुन सकेको छैन

चीनको वुहानबाटै ल्याइएका कसैलाई पनि कोरोना स ङ्क्रमण देखिएन । वुहानबाट सुरु भएर विश्वका एक सय २४ देशमा फैलिसक्दा कोरोना भाइरस नेपालमा नदेखिनु र नफैलिनु आफैमा सुखद संयोग हो ।अर्को संयोग नेपालको जनसाङ्ख्यिक अवस्था पनि हो । नेपालको जनसङ्ख्यामा अहिले युवाको बाहुल्य छ र वृद्धवृद्धाकाे सङ्ख्या कम छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । यसरी ज्यान जानेमा सबैभन्दा धेरै वृद्धवृद्धा छन् ।

कोरोनाको स ङ्क्र मणबाट ज्यान जानेमध्ये झण्डै १५ प्रतिशत ८० वर्ष उमेरमाथिका छन् । यस्तै ८ प्रतिशत ७० देखि ७९ वर्षसम्म उमेरका, झण्डै ४ प्रतिशत ६० देखि ६९ वर्ष उमेरका, १ प्रतिशत ५० देखि ५९ वर्ष उमेरका छन् । वर्ष ४० देखि ४९ वर्ष उमेरका शून्य दशमलव ४ प्रतिशत छन् भने १० देखि ३९ वर्ष उमेर समूहका नागरिकमा कोरोनाबाट हुने मृ त्युको दर शून्य दशमलव २ प्रतिशतमात्र छ । १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकाको कोरोनाकै कारण ज्या न ग एको छैन ।

कोरोनाको सङ्क्रमणले बालबालिकालाई कमै मात्र छोएको छ भने ज्यान गुमाउनेमा युवाहरु पनि धेरै थोरै छन् । यसको मुख्य कारण उमेरअनुसार शरीरको रोग प्रतिरोध क्षमता हो भन्ने मानिएको छ ।

अथवा रोग प्रतिरोध क्षमता बलियो भएका मानिसलाई कोरोना सङ्क्रमण भइहाल्यो भने पनि उनीहरुले स ङ्क्र मणलाई जित्न सक्छन् र निको हुन्छन् ।कोरोनाको स ङ्क्र मण भइहाल्यो भने पनि ३९ वर्ष उमेरसम्मका मानिस आफै ‘रिकभर’ हुन सक्छन् भन्ने कुरा अहिलेसम्मको मृ त्यु दरले स्पष्ट देखाएको छ । ६० वर्ष उमेरसम्मका मानिसलाई पनि कोरोनाको जोखिम निकै कम छ । ६० वर्षभन्दा माथिकालाई केही जोखिम र ८० वर्षभन्दा माथिकालाई अलि बढी जोखिम छ ।

रोग प्रतिरोध क्षमता उमेरअनुसार फरक हुने भएकाले अहिले कोरोनाको जोखिम ६० वर्षभन्दा माथिका मानिसलाई बढी छ । तर अरु देशको तुलनामा नेपालका वृद्धवृद्धामा कोरोनाको स ङ्क्र मण हुने जोखिम कम छ । नेपालको भूबनोट, हावापानी र हाम्रा पाका, पुस्ताको जीवनशैलीले पाको उमेरकै नागरिकको पनि रोग प्रतिरोध क्षमता बलियो छ ।

त्यसो त कोरोनाको बढी जोखिम रहेका वृद्धवृद्धाकाे सङ्ख्या नेपालमा चीन, अमेरिका तथा युरोपका देशमा जस्तो धेरै छैन । त्यसमाथि हरेक घरबाट कमाउन बाहिरिएका युवाका कारण नेपालका वृद्धवृद्धाहरु वर्षौदेखि आफ्नै घरमा समेत ‘आइसोलेटेड’ छन् । धेरै घरका छोराछोरी र अरु सदस्य या त शहरमा छन्, या त विदेशमा । परिवारका अरु सदस्यको भिडभाड नहुने घर नै ‘आइसोलेशन’ गृह जस्तो छ । त्यसमाथि केही शहरी भेगमा बाहेक नेपाली बसोवास र बस्ती अझै पातलो नै छ, स ङ्क्र मण तुरुन्त फैलिने गरी बाक्लो बस्ती छैन । बस्ती र घर नै ‘आइसोलेशन’ जस्तो भएपछि जोखिम पनि तुलनात्मक रुपमा कम हुने नै भयो ।

कोरोनाको स ङ्क्रमण नेपालमा व्यापक नहुने अर्को संयोगको चर्चा पनि अहिले सामाजिक सञ्जालहरुमा बाक्लै देखिन थालेको छ । अहिलेसम्म कोरोनाबाट बढी प्रभावित देश र ठाउँको भौगोलिक अवस्थितिमा समानता छ ।

अथवा कोरोनाको उद्गमस्थल चीनको वुहान र त्यसपछि सबैभन्दा बढी प्रभावित भएका देशहरु इटली, इरान, दक्षिण कोरिया, जापान, अमेरिकाको न्युयोर्क र वाशिङ्टन जस्ता ठाउँहरु पृथ्वीको समान रेखा अर्थात् एउटै ‘ल्याटिच्युड’ मा पर्छन् । जुन ल्याटिच्युडमा नेपाल पर्दैन । यसमा वैज्ञानिक कारण होला या नहोला, तर संयोग चाहिँ यस्तो पनि परेको छ ।

यस्ता अनेक संयोग छन्, जसले चीनसित सीमा जोडिएर पनि अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएको छैन । तर संयोगहरु फगत संयोग हुन्, कोरोनाको स ङ्क्रमण नहुने वा नफैलने आधार होइनन् ।

अझै ठूलो र बलियो कुरा मान्छेको आस्था र विश्वास हो, त्यो विश्वास नेपालीले भगवान पशुपतिनाथमाथि गरिराखेकै छन् । पशुपतिनाथको कृपाले पनि हामी नेपालीलाई सधैँ रक्षा गरिराखेकै छ । मिलन तिमिल्सिनाद्वारा उज्यालो अनलाइनमा लेखेको लेखको केहि अंस

Leave a Reply

Your email address will not be published. Required fields are marked *