दिल्लीमा भ’ड्कि’एको धार्मिक दं’गाको भिडियो खिच्ने नेपाली वृत्तचित्र निर्देशक मिलन पौडेलको श’व भारतको गंगा नदीमा फेला

काठमाडौँ, ३० फागुन । दिल्लीको जामियामा एक नेपाली विद्यार्थीको गंगा नदीमा डु वेर निधन भएको छ । जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेलको गंगामा डु वेर निधन भएको हो । उनको श व उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा भेटिएको छ ।

होली मनाएर गंगामा नुहाउन गएका उनी गंगामा डु वेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी गत मंगलबार ४ जना साथीसंग मिलेर दिल्लीबाट ऋषिकेश पुगेका थिए । ऋाषिकेशमा गंगामा पौडी खेल्ने क्रममा उनी डु वेको बताइएको छ । मिलन पानीमा डु बेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाले मंगलवार भएको सो घ ट नाका बारेमा बुधवार मात्र प्रहरीलाई खबर गरिएको बताएको छ । बुधवार खोजीका लागि गएका प्रहरीले दुई जनाको श व गंगामा फेला पारेको थियो । उनीहरुसंगै गंगामा पौडी खेल्न गएका दुई जना साथीहरु भूमिका र साहिललाई भने एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेका थिए ।

नेपाली विद्यार्थी मिलन भारतमा रहेर वृत्तचित्र तथा छोटा चलचित्रमा काम गर्दै आएका थिए । २५ वर्षीय मिलनले ३ महिनायता दिल्लीमा भ ड्कि एको धार्मिक दं गाको भिडियो सामगी र पनि बनाएका थिए । काठमाडौं विश्वविद्यालयबाट पत्रकारितामा स्नातक मिलन २ वर्ष अघि जामियामा मास्टर्स अध्ययनका लागि गएका थिए ।

मिलनका बाबु मोहन पौडेल विगतमा पाँचथरको रविस्थित दुर्गा माविमा शिक्षक थिए। ‘मिलन रविदेखि काठमाडौंसम्मकै मेरा सहपाठी मित्र हुन्,’ झापा, दमकनिवासी मिलनका साथी प्रदीप बोहोराले कान्तिपुरसँग भने– ‘मिलन अहिले डकुमेन्ट्री एवं सर्ट–फिल्म मेकरका रुपमा चिनिँदै थियो। पत्रकारितामा उसको निकै रुचि थियो।’

रवि, पाँचथरको सरकारी जागिरपछि हाल विराटनगरस्थित नोबेल हस्पिटलमा प्रबन्धक रहेका मिलनका बुबा मोहन र भाइ आल्सन बिहीबार नै ऋषिकेश पुगिसकेका छन्। सामाजिक सञ्जालमा मिलनका सहपाठी सुदीप डाल्भीले घ ट नाबारे जानकारी गराएपछि मिलनका बारेमा उनका देश–विदेशमा रहेका साथीभाइले सरोकार जनाउँदै सूचनाहरु दिइरहेका छन्।

‘मिलन पछिल्ला महिनामा दिल्लीमा भइरहेको धार्मिकरजातीय दं गाको यथार्थ चित्र बाहिर ल्याउनमा लागिपरेका एक डकुमेन्ट्री फिल्म–मेकर हुन्,’ हाल गोवामा बस्ने मिलनका सहपाठी डाल्भीले भनेका छन्– ‘उनी स्वतन्त्र पत्रकार थिए, आफ्नो कामका आधारमा जामिया मिलिया इस्लामियाको जामिया स्क्वायर, गेट नम्बर ७ मा मिलन सबैले चिन्ने पात्र बनेका थिए।’ कान्तीपुर दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *