कोरोनाको फाइदा उठाउँदै भन्सारका कर्मचारीको मिलेमतोमा भयो यस्तो ग’म्भिर लापरवाही

मकवानपुर, ३० फागुन । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विश्वव्यापी रुपमा फैलिएको छ । अधिकांश मुलुकले आफ्नो सिमानाका बन्द गरेका छन् । अन्तराष्ट्रिय उडान भएका छैनन् । भिषा रद्द गरिदिएका छन् । भारतमा पनि कोरोनाका कारण एक जनाको निधन भइसकेको छ । नेपालकै सिमाना नजिक लखनउमा कोरोना सं क्र मित फेला परेका छन् । जसका कारण पश्चिम क्षेत्रका सिमानामा विशेष सावधानी अपनाइएको समाचार आइरहेका छन् ।

धनगढीमा भारतसंग जोडिएका ५ वटा नाका समेत बन्द गरिएको छ । तर भन्सारका कर्मचारीहरुले भने केही नाकामा यहि अवस्थाको फाइदा उठाउँदै गैह्रकानुनी काम गरेको फेला परेको छ । सिमा नाकामा कडाई गरिरहेको समाचार वाहिरिइरहेको बेलामा त्यही नाकावाट गैह्रकानुनी काम भइरकेको समाचार पनि वाहिरिएको छ । कोरोना भाइरसका कारण आयात ठप्प भएर वजारमा अभाव सिर्जना भएको भन्दै अहिले म्याद गुज्रिएका गैरखाद्य पदार्थ भारतवाट भित्रिएका छन् ।

महोत्तरीको जलेश्वर स्थित भन्सार नाकावाट ७२ टन अखाद्य चिनी भित्रिएको छ । म्याद गुज्रिएको चिनी नेपाल भित्रिएको हो । नेपाल भित्रिएको म्याद नाघेको चिनी उपभोक्ता हित संरक्षण मञ्चको पहलमा नि य न्त्रण मा लिइएपछि त्यसको रहस्य खुलेको हो । बाराको पथलैयास्थित आन्तरिक राजश्व कार्यालयले नि यन्त्र णमा लिएको छ ।

नेपालको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, महोत्तरीले प्रयोगशालामा गरेको परीक्षणको आधारमा उक्त चिनी प्रयोग गर्न नमिल्ने पुष्टि भएको छ । सो चिनीले मानव स्वास्थ्यका लागि ग म्भिर असर गर्ने औल्याइएको छ ।

२०१८ मार्चमा प्याकिङ गरिएको उक्त चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । सोही अनुसार उक्त चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरीमै समाप्त भइसकेको भएपनि अहिले आयात गरिएको हो । भन्सार कर्मचारीको मिलेमतो नभई यस्ता बस्तु नेपाल प्रवेश गर्नु असम्भव छ ।

अहिले नेपाली बजारमा प्रति केजी चिनीको मूल्य ७५ रुपैयाँ पर्छ । तर, आयातकर्ता अनुष्का मल्टिपर्पोजले प्रति केजी ३२ रुपैयाँमा उक्त चिनी नेपाल आयात गरेकाले राजश्व छलीसमेत गरेको तथ्य भेटिएको जनाइएको छ । नि यन्त्र णमा लिइएको उक्त अखाद्य चिनीको विषयमा आवश्यक अनुसन्धान भइरहेको आन्तरिक राजश्व कार्यालय, पथलैयाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *