भीआईपीमा कोरोना : डाक्टर र मन्त्रीदेखि रोनाल्डोसम्म

३० फागुन, काठमाडौं । रोगले ठूलो-सानो, धनी-गरीब, बलियो-निर्धाे भन्दैन । फरक यत्ति हो कि हुने खानेले बढीभन्दा बढी पूर्वसतर्कता अपनाउन सक्छन् । कमजोर वर्गले चाहिँ भगवानको पुकार गर्नुको विकल्प हुन्न ।कोरोनाको त्रास अहिले ‘राजादेखि रङ्क’सम्म फैलिएको छ । प्रकोप सुरु भएयता संसारभरका करिब ५ हजार जनाको मृत्यु भएको छ भने लाखौं व्यक्तिहरु यसबाट प्रभावित बनेका छन् । उनीहरुमध्ये केही ‘हाई प्रोफाइल’ हरु पनि छन् ।केही भीआईपीलाई संक्रमण पुष्टि भएको छ भने केही चाहिँ आफैं डराएर क्वारेन्टाइनमा बसेका छन् ।हामी यहाँ कारोनाबाट प्रभावित केही चर्चित पात्रहरुको चर्चा गर्दैछौं :चिनियाँ डाक्टरको

मृ,त्यु,कोरोना रोगका बारेमा सबैभन्दा पहिले सन्देश जारी गर्ने चिनियाँ डाक्टर ली वेनलियाङको यही रोगले म,,र,ण भयो । उनी मात्र ३४ वर्षका थिए ।वुहानको एक अस्पतालमा आ,प,त,कालीन उपचारलगत्तै उनको मृ,,त्यु भएको थियो । डा. वेनलियाङले पहिलोपटक कोरोनाको विषयमा सामाजिक सञ्जालमा लेख्दा निकै जोखिम मोलेका थिए । किनकि, नियन्त्रणकारी चिनियाँ शासनमा सरकारले उनलाई ‘दु,ष्प्र,चा,र गरेको’ आ,रो,पमा द,ण्डि,त गर्ने ख,त,रा थियो ।

डिसेम्बरको अन्त्यतिर चिनियाँ प्रहरीले उनलाई अ,फ,वाह फै,ला,एको भन्दै आफ्नो नि,शा,ना बनायो । सामाजिक सञ्जालमा लेखेको चार दिनपछि स्थानीय जनसुरक्षा ब्युरोले उनलाई बोलाएर ग,ल,त सन्देश जारी गरेको र सामाजिक दा,यि,त्व भंग गरेको आरोप लगायो । यदि लगातार यो रोगबारे बोलिरहे उनलाई कठघरामा उभ्याइने चेतावनी दिइएको थियो ।जनवरीमा लीले एक महिलाको शल्यक्रिया गरे तर, उनलाई थाहा भएन कि ती महिला कोरोनाबाट समेत सं,क्र,मि,त रहिछन् । तिनै महिलाको शल्यक्रिया गर्दा डाक्टरलाई पनि कोरोना सर्‍यो ।

जनवरी १० बाट उनलाई खोकी लाग्न र जरो आउन सुरु भयो । उनी अस्पताल भर्ना भए । त्यसका दुई दिनपछि उनका बाबुआमा पनि बिरामी परे । अस्पतालकै बेडबाट लीले आफू संक्रमित भएको सार्वजनिक गरे । अस्पतालमा उनको अवस्था सुधार हुनुको साटो बिगि्रँदै गयो र अन्ततः उनको मृत्यु भयो ।पत्नीलाई सं,क्र,म,ण, प्रधानमन्त्री आइसोलेसनमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री स्वयम् आइसोलेसनमा रहने भएका छन् ।

क्यानाडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नीलाई कोरोना भएको जानकारी दिएका हुन् । प्रधानमन्त्रीलाई भने अहिलेसम्म संक्रमण देखिएको छैन । तर, उनी पनि १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भएको छ ।सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नुभएको छैन,’ प्रधानमन्त्रीका सञ्चार निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेल्फ आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत आफ्नो नियमित कार्यसम्पादन गर्ने उनको कार्यालयले जनाएको छ । उनले शुक्रबारै आफ्ना देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम छ । कोरोनाले क्यानडामा एक जनाको मृत्यु भएको छ भने दिनदिनै नयाँ संक्रमित थपिइरहेका छन् ।अष्ट्रेलियाका गृहमन्त्रीलाई संक्रमण

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोराना प्रभावित भएका पछिल्ला हाई प्रोफाइल व्यक्ति हुन् । शुक्रबार बिहान उठ्दा उनलाई ज्वरो आएको र घाँटी दुखेको थियो । त्यसपछि तुरुन्तै क्वीन्सल्यान्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर परीक्षण गराएका उनको पोजिटिभ रिपोर्ट आएको हो गृहमन्त्री डटन अहिले अस्पताल भर्ना भएका छन् । अस्पतालबाटै एक विज्ञप्ति जारी गरी उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका

छन् ।मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी पुगेका थिए । प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग उनी बैठकमा बसेका थिए । मार्च महिनाको सुरुमा अमेरिका गएका उनी अघिल्लो हप्ता फर्केका थिए । उनले व्यवसायिक उडानबाट बि्रसबेन र सिड्नी आउजाउ गरेका थिए ।बेलायतका स्वास्थ्यमन्त्री

बेलायतकी सांसद एवं स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी अहिले आफ्नै घरभित्र ‘सेल्फ आइसोलेसन’ मा छिन् ।बेलायतको स्वास्थ्य विभागका अनुसार डोरिसलाई अघिल्लो बिहिबारबाट लक्ष्यण देखिन थालेको थियो । त्यही दिन उनले प्रधानमन्त्रीद्वारा आयोजित एक कार्यक्रम होस्ट गरेकी थिइन् ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृ,त्यू भएको छ । बेलायतको सरकारले कोरोनाबाट देशको अर्थतन्त्रलाई जोगाउन प्याकेज कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।इरानका उपराष्ट्रपति र दुई मन्त्री

इरानका उपराष्ट्रपतिसहित दुई मन्त्रीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन उच्चस्तरीय वैठकहरुमा सहभागी नभएपछि उपराष्ट्रपति इशाक जहानगिरीको स्वास्थ्यका बारेमा चासो बढेको थियो । गत बुधबार उनलाई कोरोना भएको समाचार अर्द्धसरकारी मिडिया फार्स न्युजी नेटवर्कले सार्वजनिक गरेको हो ।

कोरोना भएका दुई मन्त्रीहरुमा सांस्कृतिक सम्पदा मन्त्री अली अस्गर मोउनेसन र उद्योग, खानी तथा व्यापार मन्त्री रेजा रहमानी रहेका छन् । इरानको सरकारी मिडियाले भने यो खबरलाई अझै पुष्टि गरेको छैन । साथै तीनैजनाको स्वास्थ्य अवस्थाबारे विस्तृत रिपोर्ट पनि सार्वजनिक भएको छैन ।

कोरोनाबाट अत्यधिक प्रभावित देशमा इरान पनि पर्छ । अहिलेसम्म इरानमा ३ सय ५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । इरानको स्वास्थ्य मन्त्रालयले ९ हजारभन्दा बढि यो भाइरसबाट प्रभावित बनेको जनाएको छ ।अस्पतालका निर्देशकको मृत्युकोरोनाबाट मृत्यु हुने हाई प्रोफाइलमा चीनको एक अस्पतालका निर्देशक पनि छन् । कोरोनाको इपिसेन्टर मानिएको वुहानस्थित वुचाङ अस्पतालको निर्देशक लिउ झिमिङको गत फेब्रुअरी १७ मा मृत्यु भएको हो ।

लिउ एक न्यूरोसर्जन थिए । ५१ वर्षीय लिउ यो रोगबाट मृत्यु हुने सबैभन्दा वरिष्ठ स्वास्थ्यकर्मी हुन् । चीनले कोरोनाको प्रकोपविरुद्ध लडिरहेका डाक्टर तथा नर्सको मृ,त्यु भएमा उनीहरुलाई ‘शहिद’ को मान्यता दिने निर्णय गरेको थियो ।वुहान म्युनिसिपल हेल्थ कमिसनले कोभिड १९ को नियन्त्रणमा लिउले अविस्मरणीय योगदान दिएको उल्लेख गरेको छ । कमिसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रयासका बाबजुद दुर्भाग्यवस उहाँलाई बचाउन सकिएन ।’अहिले चीनमा कोरोनाको प्रकोप धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ ।सेल्फ क्वारेन्टाइनमा

रोनाल्डोविश्वविख्यात फुटबलर रोनाल्डो अहिले कोरोनाको डरले क्वारेन्टाइनमा बसिरहेका छन् । आफ्नो टिमका एक साथीलाई कोभिड १९ पुष्टि भएपछि उनी पनि डराएर क्वारेन्टाइनमा बसेका हुन् ।रोनाल्डोले आइतबार जुभेन्टसका लागि खेलेका थिए । कोरोना भाइरसले इटली आक्रान्त बनिरहँदा खाली रंगशालामा सो म्याच भएको थियो ।बुधबार जुभेन्टसका खेलाडी डेनिल रोगानीलाई कोरोना सक्रमण पुष्टि भयो । त्यसअघि उनले टिमका साथीहरुसँग सामुहिक फोटो खिचाएका थिए, जसमा रोनाल्डो सर्टलेस देखिएका छन् ।डेनिललाई सं,क्र,मण भएको सार्वजनिक हुँदा रोनाल्डो आफ्नी बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । त्यहाँ उक्त खबर सुनेपछि रोनाल्डोले आफूलाई सेल्फ

क्वारेन्टाइनमा राखेका हुन् । आफू पूर्णरुपमा खतरामुक्त भएपछि मात्रै इटली फर्किने उनले बताएका छन् ।जुभेन्टसले आफ्नो वेवसाइटमा रोगानीलाई संक्रमण भएको बुधबार जानकारी दिएको छ । उसको विज्ञप्तिमा भनिएको छ, ‘जुभेन्टस क्लवले कानून बमोजिम आवश्यक सबै प्रक्रियाहरु अबलम्बन गरेर उनलाई आइसोलेसनमा राखिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।जुभेन्टसले नियमित ट्रेनिङ जारी राखे पनि पछिल्ला दुई दिन रोगानी त्यसमा सहभागी छैनन् । इटलीमा अहिले कोरोनाको प्रकोपले गर्दा सिंगै देशलाई ‘लकडाउन’ गरिएको छ । सबै फुटबल प्रतियोगिताहरु स्थगित गरिएका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *