भारतमा अ,नि,यन्त्रि,त ब,न्दै कोरोना, ८१ जना संक्रमित

नयाँ दिल्ली (एजेन्सी) । भारतमा कोरोनाभाइरस सं,क्र,म,ण भएका एक व्यक्तिको मृ,त्यु भएको अधिकारीहरूले बताएका छन् । मृ,त्यु हुने व्यक्ति दक्षिण भारतको क,र्ना,टक राज्यका एक ७६ वर्षीय पुरुष हुन् । उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए ।राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारन्टीनमा राख्ने प्रयास भइरहेको छ । भारतमा अहिलेसम्म ८१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा ती वृद्धको मृत्यु मंगलवार भएको थियो । तर उनको परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरियो । अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो । तर त्यति बेला उनमा कोभिड–१९ का कुनै लक्षण देखिएको थिएन । तर एक हप्तापछि अर्थात् मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा प¥यो । त्यसपछि उनलाई अस्पताल लागियो । भारतले

कोरोनाभाइरस संक्रमणको प्रकोप नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरेको छ । बुधवार राति प्रकाशित सूचनाअनुसार शुक्रवारदेखि लागु हुनेगरी अधिकांश प्रवेशाज्ञा स्थगित गरिएको छ । एक महिनापछि यो निर्णयको समीक्षा गरिनेछ । भारत प्रवेश गर्न पाउने मानिसले पनि १४ दिन क्वारन्टीनमा बस्नुपर्नेछ ।

सरकारले अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ । कोरोनाभाइरस फै,लि,न नदिन राजधानी दिल्लीमा मार्च महिनाको अन्त्यसम्म सबै शैक्षिक संस्था र चलचित्रघर ब,न्द हुने घो,षणा दिल्लीका मुख्यमन्त्री अ,रविन्द केजरीवालले गरेका छन् । प्रकोप नियन्त्रण गर्न विभिन्न सरकारी निकायहरूले समन्वय गरिरहेका छन् । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आत्तिनुपर्ने स्थिति नभएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान “कम्तिमा” आगामी दुई हप्ता ब,न्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छ । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नुपरेको बताइएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न क,डा कदम घो,ष,णा गरेका छन् । उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय ब,न्द गर्ने उल्लेख थियो ।

यस्तै एएफपीका अनुसार अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको स,ङ्क्र,मण देखिएको समाचारमा जनाइएको छ । उनलाई शुक्रबार बिहान ज्व,रो,का साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहनुभएका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गर्नुभएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

यसैबीच शुक्रबार बिहान प्राप्त भएको अर्काे एक समाचारमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको स,ङ्क्र,मण देखा परेको छ । बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस स,का,रात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *