कोरानाको आशंका गरिएका चार नेपालीको नतिजा ‘नेगेटिभ’

कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको बाँस्तोलाले बताए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन।कोरोनाकै आशंका आज धरानको विपीमा २ जना र सेती अञ्चल प्रादेशिक अस्पतालमा एक जना भर्ना गरिएको छ ।

र यो पनि

कोरोनाको आशंकामा एक युवक सेती प्रादेशिक अस्पताल भर्ना कोरोना संक्रमणको आशंकामा एक युवक सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवक बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका डाक्टर जगदीश जोशीले ती युवकमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेको बताए । अस्पतालले ती युवकलाई आइसोलेसन वार्डमा राखेर परीक्षणका लागि नमुना संकलन गरिएको बताएको छ ।चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा नमुना संकलन गरी काठमाडौं पठाएको डाक्टर जोशीले बताए ।

यसअघि पनि सुदूरपश्चिमकै चार जना शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनीहरूको नमुना परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *