कोरोना समाप्ति घो’ष’णा गरेको २४ घण्टा नबित्दै चीनको खुलासा, अमेरिकालाई यतिसम्म भनेपछि विश्व नै दंग

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आ,रो,प लगाएका हुन् ।शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट न,फै,लिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् । गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फै,लि,सकेको छ । यसबाट मृ”त्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक ह,ति,या,,रको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् । चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

अहिले अमेरिका कोभिड-१९ रोक्न सं’घ’र्ष गरिरहेको छ । लामो समयदेखिका दुई प्रतिस्पर्धीको रुपमा रहेका चीन र अमेरिकाले एक अर्काको आलोचना गर्दै आएका छन् । चिनियाँ स्थानीय सञ्चारमाध्यमले अमेरिकाले शुरुमा कोभिड-१९ वि,रु,द्ध ल,ड्न, सहयोग नगरेको, पछि यसलाई चीनविरुद्ध हल्ला फै,ला,उन सहयोग गरेको र अहिले आफैंले पनि यसलाई रोक्न नसकेको भन्दै आ,लो,चना गर्दै आएका छन् । चिनियाँ कू,ट,नी,ति,क अधिकारीले पछिल्लो समय चीनले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदमको ब,चाउ गर्दै आएका छन् ।

यस्तै नेपाल सरकारले कोरोना रोकथामका लागि विभिन्न १९ वटा निर्णय गरेको छ। उक्त निर्णयअनुसार अब हवाइ मार्गबाट नेपाल आउने सबैले १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। साथै तेस्रो देशका नागरिकले भारतको भूमि हुँदै नेपाल पस्न नपाउने भएका छन्। नेपाली कामदारका लागि वैदेशिक रोजगारमा जाने श्रम स्वीकृति अनिश्चितकालका लागि रोकिएको छ। पढ्न विदेश जाने विद्यार्थीका लागि अप्रिल ३० नो अब्जेक्सन लेटर नदिने भएको छ।

यस्ता छन् सरकारले गरेका निर्णय

१ नेपाल आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अन अराइभल भिसाको व्यवस्था १४ मार्च २०२०को राति १२ बजेबाट ला,गु हुने गरी अप्रिल ३० २०२० सम्मका लागि स्थगन गर्ने।२ यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्ने व्यवस्था ला,गु गर्ने।

३ अति जुरूरी कारणबाट नेपालमा यात्रा गर्नु पर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुगुने मिति भन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागु गर्ने।

४ गैर आवासीय नेपालीहरूलाई गै,रआवासीय नेपाली परिचय पत्रका आधारमा आगमन विन्दुमा दिइँदै आएको अन अराइभल भिसा १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने। अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था लागु गर्ने।

५ मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टिनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागु गर्ने।६ कूटनैतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।

७ व्यवसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने।८ विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने।

९ तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने।१० नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने।

११ अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने। १२ अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्र गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने।१३ संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधी, औजार तथा उपकरणलगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने।

१४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १-१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने। त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने।१५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्ने।

१६ संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकताअनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने।

१७ नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने। १८ नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहहरूलाई मे ३१ २०२० सम्मका लागि स्थगित गर्ने।१९ संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आमजनसमूदायलाई आह्वान गर्ने।

कोरोनाको संक्रमण रोक्न बेलायतले केके गर्दैछ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढिरहेको अवस्थामा जोन्सनले बिहीबार आपतकालीन बैठक बोलाएका हुन् । बैठकपछि बेलायतले विद्यालय, फुटबल प्रतियोगिताहरु बन्द गर्नुका साथै सबै मानिसलाई घरमै बस्न अनुरोध गर्ने अपेक्षा गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बेलायतमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने ४५६ जना संक्रमित भएका छन् । तर बुधबार मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि सबै देशले थप सतर्कता अपनाएका छन् ।

डेलीमेलका अनुसार बेलायतमा अस्पतालहरुले आपतकालीनबाहेक हजारौं अपरेशन रोकेका छन् । यस्तै अबको केही साताका लागि तय गरिएको कन्सर्ट, खेलकुदका कार्यक्रम र चाडपर्वहरु पनि सर्न सक्ने वा बन्द कोठाभित्र आयोजना हुन सक्ने बताइएको छ ।कोरोना भाइरसको प्रकोप बढेसँगै साउदी अरेबिया र भारतले पनि यस्तै योजना अघि सारेका छन् । अमेरिकाले पनि यूरोपको भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ

बेलायतलाई पनि त्यत्तिकै रोक्न सम्भव छैन भन्ने महसुस भएकाले प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् । बेलायती स्वास्थ्यमन्त्रीले भने बुधबार बन्द गराउने सरकारको कुनै पनि योजना नरहेको बताएका थिए । उनकाअनुसार संसद्सम्म पनि बन्द नगराउने पक्षमा सरकार छ ।

बेलायती स्वास्थ्य अधिकारीले आफूमा कोरोना भाइरससम्बन्धी कुनै पनि लक्षण देखा परेको खण्डमा आफैंलाई क्वारेन्टाइनमा राख्न आफ्ना नागरिकहरुलाई सुझाव दिएका छन् । बेलायतले कोरोना भाइरसबाट पार पाउन ३० अर्ब पाउण्ड स्टर्लिङ खर्च गर्ने योजना अघि सारिसकेको छ । केन्द्रीय बैंकले अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न ब्याजदर शून्य दशमलव २५ प्रतिशत अंक घटाउने निर्णय गरेको छ । बैंक अफ इंगल्याण्डले एक दशकअघिको वित्तीय संकटयता पहिलोपटक विना कुनै योजना ब्याजदर घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *