ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरसको सं,क्र,म,ण पुष्टि

रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको सं,क्र,म,ण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको सं,क्र,,मण पुष्टि भएको जनाएको हो ।

उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् यद्यपि उनको दोश्रो परीक्षणपछि यसबारे अझ स्पष्ट हुने जनाइएको छ

कोरोना भाइरसको परीक्षण गर्नुअघि राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । यता बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग आफू नडराएको टिप्पणी गरेका थिए ।बोल्सोनारोलाई कोरोना भाइरस देखिएको पुष्टि हुनु केही घण्टा अघिमात्रै उनका प्रेस सल्लाहकारमा पनि संक्रमणको पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *