झुक्किएर पनि यस्ता युवती विहे नगर्नुहोस्, नत्र जिन्दगीभर पछुताउनु पर्ला

प्रशंसा नगर्ने स्वभाव यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति कृतज्ञ होस् ।

अरुसँगको उनको व्यवहार यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । मतलब मानवीय स्वभाव आवश्यक छ कुनै सम्बन्ध अघि बढाउन ।

सबैमा अधिकार जमाउने विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । कहाँ सम्म लाने भन्ने निर्धारण नितान्त दुवैको आनीबानी र भावनाले गर्छ ।

नकारात्मक तार्किकता तपाइ जति धेरै माया गर्नुस् । वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपाइका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

भविष्यको साझा लक्ष्य धेरै फरक भए दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ ।

गम्भीर बन्नुस् किनकी जीवनका केही साधारण कुराहरु पनि मिल्न सकेन भने अलमल र दुःखदायी बन्नेछ । यदि यस्तो स्थिति छ भने यो जालोमा नफस्नुस् ।जीवनको अन्त्य त्यतिखेर हुन्छ जब हामी रुपान्तरण वा परिवर्तन स्वीकार्दैनौँ । तर आफूले आफ्नो कमी कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने तर्फ ध्यान लगाएर जीवनको सुनौलो क्षितिज निर्माण गर्ने हामीसँग सँधै यो विकल्प बाँकि रहेको हुन्छ ।

गैरजिम्मेवार वा दोष थोपर्ने मानिसले गल्ती गर्नु स्वाभाविक हो । गल्तीलाई स्वीकारेर अघि बढ्नु जीवनको हरेक पाटोमा बुद्धिमानी हुन जान्छ । तर यदि तपाइकी प्रेमिकाले आफ्नो गल्ती कैलै देख्दिनन् र अक्सर तपाइमाथि घटना परिघटनाको दोष देखाउन खोज्छिन् भने यसले ज्यादातर सम्बन्धमा खुशीयाली ल्याउने छैन, जानी राख्नुस् ।

अनावश्यक हक जमाउने हरेक मानिसको व्यक्तिगत जीवन फरक फरक हुन सक्छ । त्यसैले तपाइको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ ।

अनियमितता यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुको ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाइप्रतिको लगाव कम भएको छ । यदि यसो हो त कृपया खुशी खुशी आँफै टाढा रहनुस् । कहिल्यै पश्चाताप हुने छैन । आजको अर्थ डटकम बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *