आज र भोलि मेघ गर्जनसहित असिना–पानी पर्ने सम्भावना

काठमाडौँ । आज नेपालका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।पश्चिमी वायूको प्रभावका कारण आज देशको उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, चैत २ गतेपनि मेघ गर्जनसहित पानी पर्ने छ ।यस्तै, चैत ३ गते अर्थात सोमबारदेखि पश्चिमी वायूको प्रभाव कम हुँदै जाने र मौसमा पूर्ण रुपमा सुधार आउने महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान तालिकाचैत्र ०१ गते (शनिबार)दिउँसोः देशका पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/ चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र ०२ गते (आईतबार)दिउँसोः देशका पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आन्शिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आन्शिक बदली रहनेछ।चैत्र ०३ गते (सोमबार)दिउँसोः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।रातीः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *