नेपालमा कोरोना भाइरस नआओस् भन्दै लुम्बिनीमा शान्ति प्रार्थना

रुपन्देही, ३० फागुन । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिनुभयो ।सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उहाँले बताउनुभयो ।

यो पनि रातारात अंग्रेजी बोलेर भाइरल हुने हजुरआमा

अंग्रेजी बोल्नु हामी धेरै नेपालीका लागी चुनौतीपुर्ण काम हो । अंग्रेजीको ज्ञान विश्वभर उपयोगी भए पनि अधिकाशं मानिस यसलाई सहजै सिक्न सकिरहेका छैनन् ।तर भारतकी एक वयोवृद्धा भने बिना कक्षागत ज्ञान फरर अंग्रेजी बोल्न सक्छिन् । उनले अंग्रेजी बोलेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिचमा भाइरल बनेको छ ।

भाइरल भिडियोमा सेतो कमिज र रातो साडी लगाएकी एक वयोवृद्धा देखिन्छ । जहाँ उनलाई महात्मा गान्धीका बारेमा भन्न भनिन्छ । र उनी गान्धीका बारेमा फरर अंग्रेजीमा भन्दछिन् । उनले गान्धीको जानकारी दिदै उनको अहिंसा मूलक विचार र प्रेमको विस्तार धाराप्रवाह अंग्रेजी भाषामा नै गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *