घरमा एक्लै हुँदा केटीहरुले यस्तो हर्कत गर्छन्, जुन सुन्दै अचम्म लाग्छ !

हामी घरमा अथवा कोठामा एक्लै भयौं भने के गर्छौं रु टिभी हेर्छौं, पार्टी गर्छौं अथवा मोजमस्तीका अन्य केही विकल्पहरु । तर केटीहरु घरमा एक्लै हुँदा के गर्छन् होला ?यस्ता छन् केही केटीका बारे रोचक तथ्यहरु जब घरका सदस्यहरु बाहिर जान्छन् या एक्लै हुन्छन् उनीहरु आफूलाई मिनी फेशनका रुपमा लिन्छन् । आफूले पछिल्लो समय किनेका नयाँ–नयाँ कपडाहरु लगाउँछन् । त्यो उनीहरुको परीक्षण हो । एक्लै भएको मौकामा उनीहरु परिवारका सामु हेर्न असहज हुने टिभी शोहरु हेर्ने गर्छन् ।

एक्लो अवस्थामा केटीहरु ऐनाको अगाडि उभिएर आफ्नो अनुहारलाई विभिन्न रुपमा प्रस्तुत गर्छन् । कहिले मुख बिगार्छन् त कहिले हाँस्छन्  यस्तो गर्दा उनीहरु आनन्द महशुस गर्छन् ।एक्लै भएको बेला केटीहरु प्रायस् कल्पनामै रमाउँछन् । यस्तो सोच्छन् कि आफूलाई केही ठूला पुरस्कार अर्थात महत्वपूर्ण उपलब्धीहरु हासिल होस् ।

यस्तो अवस्थामा उनीहरु आफूलाई मनपर्ने गीत ठूलो आवाजमा सुन्छन् र गाउने पनि गर्छन् । बहाना बनाएर नखाने गरेका खानेकुराहरु फ्रिजबाट निकालेर खान्छन् र यस्तो मै उनीहरु मजा मान्छन् । अरुबेला केटीहरु आफ्नो भूपू ब्याइफ्रेण्डको कुरा सुन्न पनि मन पराउँदैनन् तर एक्लो भएको बेला भूपू ब्याइफ्रेण्डको प्रोफाइल नियाल्छन् र सम्झन्छन् ऊ अहिले कोसँग डेट गरिरहेको होला ?

यो पनि पढ्नुहोस : सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ?

सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो।

टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू)ले हामीलाई बिरामी बनाउन सक्ने बताए।

उनी भन्छन्, ‘यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।’ एउटा मानिसले बर्सेनि बिछ्यौनामा औसतमा करिब एक सय लिटर पसिना बगाउँछ। कोठाबाहिर गर्मी र आर्द्रता हुँदाको बाफिलो वातावरणलाई वैज्ञानिकहरू फङ्गस र ब्याक्टेरिया उत्पन्न हुने र फैलने सबैभन्दा उपयुक्त वातावरण मान्छन्।

अनुसन्धानकर्ताहरुले हालै ब्याक्टेरिया र फङ्गसबाट बिछ्यौना दूषित हुने मात्राबारे एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनीहरूले प्वाँख र सिन्थेटिकका साढे ११ देखि २० वर्षसम्म पुराना तकियाका नमूना परीक्षण गरेका थिए। परीक्षणमा अनुसन्धानकर्ताले हरेक तकियामा कम्तिमा पनि १६ प्रकारका फङ्गस फेला पारेका थिए।

यसबाहेक तपाईंको पसिना, थुक-र्‍याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नु हुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँ/झुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टा/मल लगायत पर्छन्।

टियर्नो यस्तो फोहरले एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाक/मुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’

उनका अनुसार मैलो, दूषित ओछ्यानका कारण पहिले कुनै एलर्जी नभए पनि प्रतिक्रियास्वरुप एलर्जी हुन सक्छ। साथै तन्ना÷बेडसिट तपाईंको चालचलन र पसिनाले मात्र नभएर छिटो दूषित हुने अर्को कारण हो, गुरुत्वाकर्षण । टियर्नोले भने, ‘गुरुत्वाकर्षणकै कारण तपाईंको म्याट्रेस/डस्ना र तन्ना/बेडसिटमा अनेकौं सूक्ष्म फोहर थुप्रिन्छ।’

एक-दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्छ हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई (६ जना अमेरिकीमध्ये एक जनालाई एलर्जी हुन्छ)।

‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ,’ टियर्नो भन्छन्, ‘बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु र?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *